कांग्रेसको पोखरा मेयरमा रामजी, उपमेयरमा सरस्वती
देशको सबैभन्दा ठूलो पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा कांग्रेसले रामजी कुँवरलाई उम्मेद्वार बनाएको छ । कांग्रेसको सोमबार मध्यरातीसम्म बसेको पदाधिकारी बैठकले कुँवरलाई टिकट दिने निर्णय गरेको हो । कुँवर नेपाली कांग्रेसका पुराना र ईमान्दार नेताका रुपमा चिनिन्छन् ।
उनी नेपाल टे«ड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष तथा पूर्व महासमिति सदस्य हुन् । मेयरका अन्य ३२ प्रतिष्पर्धीलाई उछिन्दै कुँवरले टिकट सुरक्षित गरेका हुन् । यसअघी कांग्रेस कास्कीले सर्वसम्मत उम्मेद्वार चयन गर्न नसकेपछि आकांक्षी सबै ३३ जनाकै नाम केन्द्रमा सिफारिस गरेको थियो ।
सिफारिस ३३ जना मध्ये कुँवरलाई उम्मेद्वार बनाउने निर्णय भएको कांग्रेस कास्कीले जनाएको छ । त्यस्तै, उपमेयरमा कांग्रेसले पत्रकार सरस्वती गुरुङलाई उम्मेद्वार बनाएको छ । गुरुङ कांग्रेसको कृयाशिल सदस्य हुन् भने पोखराबाट प्रशारण हुने रेडियो अन्नपूर्णकी बरिष्ठ प्रस्तोता तथा पोखराबाटै प्रकाशित हुने कास्की आवाज दैनिककी अध्यक्ष हुन् ।
कास्कीबाट सिफारिस १५ जना मध्ये गुरुङलाई टिकट दिने निर्णय भएको कांग्रेस श्रोतले बताएको छ । यसअघि मेयरमा नरेशशंकर पालिखे र उपमेयरमा चन्द्रावती पौडेललाई उम्मेद्वार बनाउने चर्चा चलेको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्