आक्रमणको हल्लाले जापानमा बंकरको बिक्रि बढ्यो
उत्तर कोरियाले परमाणु हमला गर्ने डर बढेसँगै जापानमा घरमा जडान गरेर जमिन मुनि वस्न सकिने बंकरको बिक्रि बढेको छ । उत्तर कोरियासँग बाँकि बिश्वको बढदो दुरी र उत्तर कोरीयाले कुनै पनि बेला आणविक हतियारको प्रयोग गर्न सक्ने हल्लाका कारण जापानमा बंकरको बिक्रि बढेको बताइएको छ ।
हमला भएको खण्डमा जमिन मुनि बसेर बच्च सकिने गरि निर्माण गरिएको बंकरको बिक्रिले जापानमा उँचाई लगेको जापानी सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । प्रधानमन्त्री सिंजो आवेले संसदमा बोल्दै कुनै पनि बेला उत्तर कोरियाले जापानमाथी बिषालु ग्यास हमला गर्न सक्ने बताएपछि बजारमा सुरक्षाका लागी निर्माण गरिएको बंकरको बिक्रि बढेको हो ।
जापानका केहि कम्पनिहरुले आणबिक हमला हुन सक्ने भन्दै बंकर सहितका घरहरुको समेत बिक्रि सुरु गरेका छन् । एन्टी न्युक्लियर बंकर भवनका नामबाट केहि कम्पनिहरुले ब्यापार समेत सूरु गरिसकेका छन् । सेल्टर कम्पनि निर्माण लिमिटेडका निर्देशक निसिमोटोले बताए अनुसार पहिलेको तुलनामा अहिले एन्टी बंकर माग १० गुणाले बढेको छ ।
दैनिक उपभोग्य सामानहरु सहितको ब्यवस्था गरिएको बंकरमा कुनै खतरा रेडियरटर युक्त ग्यास लिक भएको खण्डमा समेत बंकरमा सुरक्षित रहन सकिने बताइएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्