सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कौसलटारमा खुकुरी हानी मामाको छोराको हत्या

आफ्नै फुपुको छोराले खुकुरी प्रहार गर्दा भक्तपुरको कौशलटार बस्ने सौरभ सुवेदीको मृत्यु भएको छ । आईतबार बिहान पोखरा स्थायी घर भएका फुपुको छोरा पारस कोईरालाले सौरभलाई खुकुरी प्रहार गरेको महानगरीय प्रहरी वृत ठीमीका डिएसपी श्यामबावु ओलियाले जानकारी दिएका छन ।

झापा स्थायी घर भएका ३२ बर्षिय सुवेदी कौशलटार बस्दै आएका थिए । पारसको खुकुरी प्रहार पछि गम्भिर घाईते भएका सुवेदीलाई ग्वार्को स्थित वि एण्ड वि अस्पताल लैजाने क्रममा मृत्यु भएको बताइएको छ ।

मामाको छोरालाई खुकुरी प्रहार गरेर फरार भएका पारसको खोजी भइरहेको डिएसपी ओलियाले जानकारी दिएका छन । खुकुरी प्रहार किन भएको हो भन्ने नखुलेको प्रहरीले बताएको छ । पारसको पक्राउपछी सबै कुरा स्पश्ट हुने प्रहरीको भनाई छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्