सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नयाँ शक्तिको उदय, ७ बर्षमा गरिबी अन्त्य

काठमाण्डौको दशरथ रंगशालाबाट हजारौँ संस्थापक सदस्यहरुका बिच नयाँ शक्ति नेपालको घोषणा गर्दै पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रत्येक नेपालीको घर नभएसम्म आफूले निजी घर र सम्पत्ति नजोड्ने घोषणा गर्नुभएको छ । पार्टी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री डा.भट्टराईले आफू आर्किटेक्ट पनि भएको र अप्रत्यक्ष रुपमा धेरै घरको नक्सा कोरेको भन्दै भन्नुभयो, ‘म आज भिष्मप्रतिज्ञा गर्न चाहन्छु, म आफ्नो घरको नक्सा कोर्ने छैन ।’

सामान्य किसान परिवारको आफू प्रधानमन्त्री भइसकेको र त्यो भन्दा ठूलो कार्यकारी पद अर्को नभएको भन्दै उहाँले भन्नुभयो, ‘मैले लिनु केही छैन । म आफ्नो बाँकी जीवन युवा पुस्ताहरुका लागि र देशका लागि समर्पित गर्न चाहन्छु ।’

Baburam Bhattarai giving speech

मुलुकभित्र रोजगारीको सिर्जना नहुँदा मुलुकको युवाशक्ति विदेशिन वाध्य भएको र मुलुकको आर्थिक विकास पछाडि परेको भन्दै नयाँ शक्तिले आर्थिक विकास र समृद्धिलाई पहिलो एजेण्डा बनाएर काम गर्ने भट्टराईले बताउनु भयो । डा. भट्टराईले ७ वर्षभित्र गरिबी अन्त्य गर्ने तथा १५ वर्षभित्र प्रतिव्यक्ति आय अहिलेको भन्दा दश गुणा बढी बढाउन सकिने कार्ययोजना नयाँ शक्तिसँग रहेको दाबी गर्नुभएको छ ।

Baburam Bhattarai1

तत्कालीन एमाओवादी पार्टी परित्याग गरी नयाँ शक्ति निर्माणको अभियानमा लाग्नुभएका भट्टराईले ८ महीना भन्दा लामो छलफल र अभियानपछी आज औपचारीक रुपमा नयाँ शक्तिको घोषणा गर्नुभएको हो । नयाँ संविधान जारी भएसँगै राजनीतिक आन्दोलन पूरा भएको र पुराना पार्टीहरुबाट संविधानले लिएको लक्ष्य अनुसार मुलुकको आर्थिक समृद्धि सम्भव नभएकाले नयाँ शक्तिको जन्म भएको भट्टराईको तर्क छ ।

Naya Shakti2

जनयुद्धका क्रममा धेरैले ज्यान गुमाएको र त्यसको घाउचोट अँझै बाँकी रहेको भन्दै पूर्व माओवादी नेता समेत रहेका भट्टराईले भन्नुभयो, क्रान्तिको नियम निर्मम हुँदोरहेछ । अब इतिहाँसलाई थाति राखौं । टीआरसी (सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोग) मा छाडेका छौं । हामी बचनबद्ध हौं कि त्यसले निश्पक्ष काम गरोस् ।’ उहाँले अगाडी भन्नुभयो, टीआरसीको निर्णय मान्न म तयार छु ।’

Naya shakti parti ghosana

नयाँ शक्ति निर्माणका लागी भट्टराईलाई दुई दर्जनभन्दा बढी पुर्र्व माओवादी नेता र केही पूर्व प्रशासक लगायतले साथ दिएका छन् । अबको निकास, आर्थिक विकास भन्ने नारासहित घोषणा गरिएको नयाँ शक्तिले जेठ ३१ र ३२ गते पार्टीको विधान, राजनीतिक प्रतिवेदन, आर्थिक कार्ययोजना लगायतका बारेमा छलफल गरी नेतृत्व चयन गर्ने तालिका छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्