सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

विप्लवका कार्यकर्ता बम बनाउने सामग्रीसहित पक्राउ

महोत्तरी जिल्लाको बर्दिबासबाट प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जनकपुर अञ्चल ब्युरो प्रमुख सहित चार जनालाई बम बनाउने सामग्रीसहित पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बर्दिबासको गस्ती टोलीले बम बनाउने सामग्रीसहित अञ्चल ब्युरो प्रमुख सन्देश पौडेल, मिथिला चौहान सहितलाई पक्राउ गरेको प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताएका छन ।

उनीहरुको साथबाट प्रहरीले प्रेसर कुकर बम बनाउने उपकरण, टाइम बम बनाउने घडी, तार दुई थान, डेटोनेटर छ थान, महोत्तरीको नक्सा, स्थानीय निर्वाचन खारेज गर लेखिएको पर्चा तीन सय थान र नेपाली काँग्रेस पार्टीको स्टिकर दुई सय थान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले पक्राउबारे आज पत्रकार सम्मेलन गरी त्यसबारे जानकारी दिने बताइएको छ । रासस

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS