कोटेश्वरको गेष्टहाउसमा लक्ष्मीको तामाङको हत्या
कोटेश्वरको एक गेस्टहाउसमा युवतीको हत्या भएको छ । आकासेपुलस्थित होटेल होम गेस्टहाउस एन्ड रेस्टुरेन्टमा काभ्रे महांकालचौर–८ घर भएकी २८ बर्षीया लक्ष्मी तामाङको हत्या भएको हो ।
होटेलमै बसेका विष्णु सापकोटाले उनको त्या गरेको प्रहरीको आशंका छ । सापकोटाले आइतबार बिहान केही समय एयरपोर्ट गएर आउने बताएका थिए । तर दिउँसो नआएपछि उनी बसेको कोठा खोलेर हेर्दा तामाङको शव भेटिएको हो ।
शवमा निलडाम रहेकाले हत्या नै गरिएको प्रहरीले जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्