सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

विप्लवका कार्यकर्ता भेटनासाथ पक्राउ गर्न उर्दी

गृह मन्त्रालयले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले निर्वाचन बिथोल्ने गतिविधि बढाइएको भन्दै तिनलाई तत्काल पक्राउ गरी सार्वजनिक मुद्दा चलाउन सुरक्षा निकायलाई सर्कुलर गरेको छ ।

निर्वाचन बिथोल्ने उद्देश्यले उच्छृंखल र आपराधिक गतिविधि बढाएपछि गृह मन्त्रालयले विप्लवका कार्यकर्ता खोजी गरी पक्राउ गर्न सुरक्षा निकायलाई सर्कुलर गरेको हो ।

आगामी आइतबार ३, ४ र ६ नम्बर प्रदेशका ३४ जिल्लामा हुने स्थानीय तह निर्वाचन बिथोल्ने उद्देश्यले अभियान तीव्र पारेपछि गृहले विप्लवका कार्यकर्ता पहिचान गरी पक्राउ गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयको तथ्यांक अनुसार, विभिन्न जिल्ला प्रशासन कार्यालयले सोमबारसम्ममा निर्वाचन बिथोल्ने अभियानमा लागेका १ सय ८ जनालाई सार्वजनिक मुद्दा चलाएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS