सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भिडियो दुरुपयोग भएको भन्दै एमालेको उजुरी

निर्वाचनको प्रचार प्रसारका लागि बनाइएको आफ्नो चुनावी भिडियोको दुरुपयोग भएको भन्दै एमालेले प्रहरीको साइबर क्राइम सेलमा उजुरी गरेको छ ।

एमाले केन्द्रीय कार्यालयको तर्फबाट कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले नेपाल प्रहरीको साइबर क्राइम सेल र केन्द्रीय अनुसन्धान व्यूरोमा प्रमाण सहित उजुरी दिएको प्रचार बिभाग उपप्रमुख सूर्य थापाले बताएका छन ।

एमालेले विहीवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य शंकर पोखरेलले अरु पार्टीको मौलिक सिर्जनालाई दुरुपयोग गर्ने शैली अपराधिक भएको भन्दै साइबर क्राइम अन्तर्गत कारवाही हुनुपर्ने बताएका छन ।

एमालेले चुनाव लक्षित भिडियो बनाएको थियो । ती भिडियोमा आवाज र कन्टेन्ट आफ्नो राखेर लजिकल युथ नामको फेसबुक पेजबाट स्पोन्सर गरिएको एमालेले जनाएको छ ।

‘यो भनेको चोरी मात्र होइन, डकैती हो, यो अपराधमा संलग्न व्यक्तिलाई कारवाही गर्ने यस्ता सन्जाल बन्द गर्नेतर्फ हामीले प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका छौं’ थापाले भने ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्