सरकारी परिचयपत्रले पनि भोट हाल्न पाईने
आइतबार हुने स्थानीय तह निर्वाचनका लागि वितरण गरिएको मतदाता परिचयपत्रमा प्राविधिक समस्या देखिएको छ । यससँगै निर्वाचन आयोगले परिचय खुल्ने कुनै सरकारी कागजातका आधारमा पनि मतदान गर्न दिने निर्णय गरेको छ ।
मतदाता नामावलीमा नाम भएको तर, परिचयपत्रमा नाम फरक परेको, फोटो अर्काको परेको, छाप्न छुटेकाहरुले यो सुविधा लिन सक्ने छन् । तर, त्यस्तो सुविधा लिन चाहने व्यक्तिको मतदाता नामावलीमा नाम अनिवार्य रुपमा हुनु पर्नेछ ।
निर्वाचन आयोगले बिहीबारदेखि मतदाता परिचयपत्र वितरण थालेको थियो । दुई दिनमा ४० प्रतिशत परिचयपत्र वितरण भइसकेको छ । तर, धादिङ, नुवाकोट, दोलखा, कास्की लगायत कतिपय जिल्लाका मतदान केन्द्रमा पुगेका मतदाताले परिपत्र नपाएको, आफ्नो संकेत नम्बरमा नाम फरक परेको, फोटो फरक परेको जस्ता गुनासा गरेका छन् ।
मतदाता परिचयपत्रमा समस्या देखिएपछि आयोगले शुक्रबार वैकल्पिक व्यवस्था गर्ने निर्णय गरेको हो । आयोगका सचिव गोपीनाथ मैनालीले बीबीसी नेपाली सेवासँग भनेका छन, यदि नागरिकता, राहदानी सवारीचालक ईजाजतपत्र, जग्गाधनी प्रमाण पुर्जा, सामाजिक सुरक्षा कार्ड जस्ता फोटो भएको परिचयपत्र छ भने त्यसको आधारमा पनि मतदिन पाउने भन्ने निर्णय गरेका छौं ।’
मतदाता परिचय पत्रमा समस्या नभएकाहरूले भने मतदाता परिचय पत्र नै प्रयोग गरेर मतदान गर्नु पर्नेछ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्