भोट हालेर यसरी फर्कीनुहोस भोलीको चुनावमा
भोली पहिलो चरणको स्थानीय निर्वाचन हुँदैछ । निर्वाचन आयोगले मतदानका क्रममा गर्भवती, जेष्ठ नागरिक, अशक्त, दृष्टिविहीन लगायतलाई लाइनमा नबसी मतदान गर्ने व्यवस्था मिलाएको छ ।
आयोगले हरेक मतदानस्थलमा अशक्त, जेष्ठ नागरिकहरुका लागि छुट्टै मतदान केन्द्रको व्यवस्था गरेको छ । उनीहरु सिधै मतदान केन्द्रमा प्रवेश गरी मतदान गरेर फर्कन सक्नेछन् ।
आयोगले आज मतदान स्थलमा मतदान केन्द्र निर्माण गर्ने, मतदान केन्द्रमा प्रवेश गर्ने मतदाताका लागि लाइन मिलाउने जस्ता काम गरिरहेको छ । यस्तै मतपेटिका राखेर भोलिबाट हुने मतदानका लागि सबै तयारी गरिरहेको आयोगले जनाएको छ ।
आयोगले हरेक मतदानस्थलमा डोरी टाँगेर मतदाताको लाइनलाई व्यवस्थित बनाउने प्रयास गरिरहेको छ । मतदान केन्द्रमा प्रवेश गर्ने ठाउँमा तीनवटा प्रवेशद्वार बनाइएको हुन्छ । एउटा प्रवेशद्वारबाट जेष्ठ नागरिक, गर्भवती, अशक्त, दृष्टिविहीन मतदाताले लाइन नबसि मतदान गरेर फर्कने सक्नेछन् ।
अर्को लाइन पुरुष मतदाताका लागि हुन्छ । उनीहरुले लाइनमा बसेर आफ्नो पालोमा मतदान गर्न सक्नेछन् । यस्तै महिला मतदाताका लागि पनि छुट्टै लाइनको व्यवस्था गरिएको हुन्छ ।
लाइनबाट मतदान केन्द्रमा पुगेपछि मतदाताले मतदाता परिचय पत्र वा अन्य सरकारी कार्यालयबाट जारी भएको परिचय पत्र बोक्नुपर्नेछ । त्यसका आधारमा मतदान अधिकृतले मतदातालाई मतपत्र दिन्छ । त्यही मतपत्रमा हरेक मतदाताले गोप्य मतदान गर्न सक्नेछन् । मतदान गर्न जाँदा मोबाइल फोन बोक्न निषेध गरिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्