सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

उत्साहकासाथ दुई घण्टामा २० प्रतिशत मतदान

पहिलो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत आज ३४ जिल्लामा उत्साहजनक रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

२८३ स्थानीय तहमा मतदान गर्ने कार्यक्रम रहे पनि दुईवटा स्थानीय तहमा यसअघि नै निर्विरोध निर्वाचित भइसेककाले २८१ स्थानीय तहमा मतदान हुँदैछ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार अहिलेसम्म २० प्रतिशत मत खसीसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले चितवनको भरतपुर महानगरपालिका वडा नं. ४ को लंकुस्थित लक्ष्मी माविमा बिहान ७ बजे मतदान गरेका छन ।

निर्वाचन आयुक्त इला शर्माले ललितपुर महानगरपालिकाको वडा नं. १० स्थित प्रसूति गृहको क्वाटरमा रहेको मतदान केन्द्रमा बिहान ७ बजे पहिलो मतदाताको रुपमा मतदान गरेकी छिन ।

आयुक्त सुधीरकुमार शाहले काठमाडौं महानगरपालिकाको धुम्बाराही माध्यमिक विद्यालयमा मतदान गरेका छन् । कुनै पनि बाधा अवरोध बिना सबै मतदान केन्द्रमा मतदान भइरहेको आयोगका सचिव गोपीनाथ मैनालीले जानकारी दिएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्