माओवादी कार्यकर्ताको गोली हानी हत्या
निर्वाचनको अघिल्लो रात काभ्रेको नमोबुद्धमा गोली हानेर माओवादी केन्द्रका एक कार्यकर्ताको हत्या गरिएको छ । हिजो (शनिबार) राती साढे १० बजे गोली लागेर माओवादी केन्द्रका कार्यकर्ता नबराज पाठकको हत्या भएको हो प्रहरीले जनाएको छ ।
निर्वाचनको अघिल्लो रातको यस घटनाले मतदाता त्रसित भएका छन् । नेकपा माओवादी केन्द्र नमोबुद्वका सह–इन्चार्ज हरि तिमल्सिनाले सशस्त्र प्रहरीले हत्या गरेको आरोप लगाएका छन् ।
प्रहरीले भने कसले गोली चलाएको यकिन नभएको र अनुसन्धान भइरहेको बताएको छ । आइतबार बिहान प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख लगायत घटनास्थल पुगेर घटनाको अध्ययन गर्ने प्रहरीले जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्