सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मतपरिणाम सार्वजनिक हुँदै, एमालेको अग्रता

स्थानिय तह चुनावको मतगणनासँगै परिणाम आउने क्रम सुरु भएको छ । अहिले सम्म सार्वजनिक मत परिणाम अनुसार नेकपा एमाले अगाडी छ । एमाले मेयरमा १ स्थानमा विजयी भएको छ भने ५ स्थानको मतगणनामा अगाडि छ ।

नेपाली कांग्रेस पनि १ स्थानमा विजयी भएको छ भने ३ ठाउँमा अगाडी छ । ललितपुर महानगरपालिकाको मतगणना पनि सुरु भएको छ । यस्तै ललितपुरको महालक्ष्मी नगरपालिका, महाँकाल र कन्ज्योसोम गाउँपालिकामा मतगणना सुरु भएको छ ।

काठमाडौंको शंखरापुर, चन्द्रागिरी, टोखा, दक्षिणकाली र कीर्तिपुरमा पनि मतगणना भैरहेको छ । मनाङको चामे र नाशोङ गाउँपालिका तथा रुकुमको मुसिकोट नगरपालिका, बाँफिकोट गाउँपालिका र सानीभेरी गाउँपालिकामा पनि मतगणना सुरु भएको छ ।

नवलपरासीको कावासोती, देवचुली, मध्यविन्दु र गैंडाकोट तथा काभ्रेको वनेपा नगरपालिकामा पनि मतगणना भैरहेको छ । सल्यानको शारदा नगरपालीकामा राति १ बजेदेखि मतगणना शुरू भएको छ । यस्तै छत्रेश्वरी गाउँपालिका सल्यानमा २ बजेदेखि मतगणना शुरू भएको छ ।

नुवाकोटको बिदूर नगरपालिकामा पनि मतगणना भैरहेको छ । जुम्लाको चन्दनाथ नगरपालिकामा पनि मतगणना भैरहेको छ । एकसय १२ मत गणना भैसक्दा मेयरमा कांग्रेसको ६६, एमालेको १० र माओवादीको २८ मत आएको छ ।

चितवनको कालिका नगरपालिका बाहेक अरु ठाउँमा बिहानदेखि मतगणनाको तयारी छ । मतपरिणामबारे निर्वाचन आयोगको आधिकारीक घोषणा आउन भने बाँकी नै छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्