सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

एमालेको अग्रता, कांग्रेस पछीपछी, माओवादी तेस्रो

प्रदेश नं. ३, ४ र ६ का २८३ स्थानीय तहमा भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम अनुसार जीत र अग्रताका साथ एमाले अगाडी देखिएको छ । प्रचण्ड पुत्री रेणु दाहाल उम्मेद्वार रहेको चितवन महानगरमा पनि एमालेले नै अग्रता गरिरहेको छ ।

देशका ठुला महानगर काठमाण्डौ, ललीतपुर र पोखरामा पनि एमालेले नै अग्रता गरिरहेको छ । देशैभरको प्रारम्भिक मतपरिणाम र जीतलाई हेर्दा एमाले नै अगाडी आउने देखिएको छ ।

यो समाचार तयार पार्दासम्म एमालेले ३० स्थानीय तहमा जीत हात पारेको छ भने ७५ स्थानमा अग्रता गरिरहेको छ । दोस्रो स्थानमा नेपाली कांग्रेसले २७ स्थानमा जित हात पारेको छ भने ८० स्थानमा अग्रता लिईरहेको छ ।

त्यस्तै माओवादी केन्द्रले १८ स्थानमा जीत हात पारेको छ भने ३८ स्थानमा अग्रता लिईरहेको छ । नयाँ शक्तिले २ ओटा स्थानीय तहको मुख्य पदमा अग्रता गरिरहेको छ । त्यस्तै ३ जना स्वतन्त्र उम्मेद्वारले पनि स्थानीय तहको प्रमुख पदमा जीत हात पारेका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्