सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

दुबई बस दुर्घटनामा ३ जना नेपालीको मृत्यु

संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा बस दुर्घटना हुँदा २ नेपाली सहित ७ जनाको घटना स्थलमा मृत्यु भएको छ भने उपचारको क्रममा बुधबार १ नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा बासुदेब लामिछाने र चितवनका कृ्ष्ण प्रसाद भुसाल रहेका छन् । एक जनाको पहिचान खुल्न सकेको छैन । घटनामा अन्य ३५ जना घाइते भएका छन् ।

घाइते हुने नेपालीहरुमा हरि धिमाल (झापा), सागर पराजुली र खेमराज कटुवाल (मोरङ), टेकप्रसाद गुरुङ (चितवन), गुनाबहादुर अधिकारी (निजगढ), धनबहादुर गुरुङ (तँनहु)का रहेका छन् ।

गम्भीर घाइतेमध्ये ६ जनाको दुबईको अल रशिद हस्पिटलमा उपचार भइरहेको बताइएको छ । अन्य घाइतेहरूको अल जहरा अस्पातल तथा दुबइ इन्भेस्टमेण्ट पार्क डिआइपीमा रहेको न्यू मेडिकल सेण्टरमा उपचार भइरहेको छ ।

ट्रान्सगार्ड सेक्युरिटी कम्पनी अन्तर्गत होटल एटलान्टिसमा सेक्युरिटी गार्डमा कार्यरत उनीहरु रात्रिकालिन ड्युटी सकेर फर्कने क्रममा मंगलबार बिहान दुबईको शेख जायत रोड बिचको यालाइस सडक खण्डमा बसको टायर पड्किँदा दुर्घटनामा परेका थिए ।

उक्त बसमा ४१ जना कामदार सवार थिए । घटना भए लगतै नेपाली राजदुताबास युएईका द्दितिय सचिब कृष्ण अर्याल र श्रम सहचारी हिरा यादब अस्पताल पुगेर घाइतेको अवस्थाबारे जानकारी लिएको दुताबास आबुधावीले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS