मतपत्र च्यातिएको घटनाले आयोगमै भाँडभैलो
भरतपुर घटनाको विषयलाई लिएर निर्वाचन आयोगका पदाधिकारीबीच नै भाँडभैलो भएको खुलासा भएको छ । भरतपुरमा मतगणना अघि बढाउने कि १९ नम्बर वडामा पुनः चुनाव गर्ने भन्ने विषयमा प्रमुख निर्वाचन आयुक्त र सदस्यहरुबीच मतभेद देखिएको छ ।
आयोगका एक पदाधिकारीका अनुसार, प्रमुख आयुक्त अयोधीप्रसाद यादव पुनः चुनाव गर्नुपर्ने पक्षमा उभिएका छन् । चार जनामध्ये दुई जना आयुक्त गणनाको पक्षमा छन् भने दुई जना ढुलमुले देखिएका छन् ।
आयोग भित्रको भाँडभैलोकै कारण आयोग अँझै निष्कर्षमा पुग्न सकेको छैन् । मतगणना भईरहँदा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछी रोकिएको भरतपुरको मत गणना अँझै अन्यौलमै छ । गत सोमबार माओवादी कार्यकर्ता मधु न्यौपाने र द्रोण सिवाकोटीले मतपत्र च्यातेपछि गणना स्थल सिल गरिएको थियो ।
निर्वाचन आयोगले यसअघि छानबिन समितिले तयार गरेको गणना स्थलको रिपोर्ट अस्पश्ट भएको भन्दै सर्बदलिय बैठक राखेर च्यातिएका मतपत्रको संख्या निर्धारण गरेर पठाउन निर्वाचन अधिकृतलाई निर्देशन दिएको थियो ।
निर्देशन अनुसार च्यातिएको मतपत्र गणना गरेर निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले आयोगलाई पठाईसकेका छन । निर्वाचन आयोगका अनुसार ९० ओटा मतपत्र च्यातिएको अवस्थामा छन ।
भरतपुरमा बिबादीत १९ नम्बर वडामा पुन; मतदानको माग गर्दै आएको कांग्रेसले आज निर्वाचन आयोगको निर्णय स्वीकार्य हुने बताएको छ भने माओवादी केन्द्र अडानमा यथावत छ । एमालेले मतगणना सुरु गर्न माग गर्दै संसद ठप्प पारीरहेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्