टेलिकमले घटायो ईन्टरनेटको महशुल
नेपाल टेलिकमले फाइवर टु दी होम (FTTH) सेवाको महसुल दर घटाएको छ । परिमार्जीत महशुलदर यही असार ३ गतेदेखि लागू हुनेछ । ईन्टरनेट स्पीड नभएको भन्दै उपभोक्ता अन्य सेवा प्रदायक कम्पनीतर्फ आकर्षित हुन थालेपछी टेलिकमले महसुल दर परिमार्जन गरेको हो । यस अनुसार प्याकेज बिक्री वितरण, CPE महसुल तथा अप्टिकल फाइबरको नयाँ दर निर्धारण गरिएको कम्पनीले जनाएको छ ।
क) FTTH सेवामा निम्नानुसारको प्याकेज मात्र बिक्री वितरण गरिने भएको छः
Package Validity | Bandwidth | Volume (GB) | Tariff (Rs.) | Fall Back |
३ महिना | Up to 10 Mbps | १२० | ५,१६० | 192 Kbps |
६ महिना | Up to 10 Mbps | २५० | ९,१२० | 192 Kbps |
१२ महिना | Up to 10 Mbps | ६०० | १८,२४० | 192 Kbps |
१२ महिना | Up to 100Mbps | ६०० | २३,०४० | 192 Kbps |
माथि उल्लेखित बाहेक अन्य FTTH प्याकेजहरु भने स्थगन गरिएको टेलिकमले जनाएको छ ।
यस्तै, हाल उपलब्ध रहेका FTTH सेवाको CPE शुल्क परिमार्जन गरी निम्नानुसार कायम गरिएको छः
प्याकेज | CPE मूल्य (रुपैयाँमा) |
३ महिना | ५ हजार |
६ महिना | २ हजार |
१२ महिना | निःशुल्क |
नेपाल टेलिकमबाट उपलब्ध गराइएको CPE बिग्रिएको खण्डमा एक महिनासम्म निःशुल्क Repair तथा Replace गरिने तथा सो अवधि पश्चात् भने ५ हजार रुपैयाँ शुल्कमा Replace हुने टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिनुभएको छ ।
कम्पनीले निर्धारण गरेको अप्टिकल फाइबरको महसुल दर यस्तो छः
- FTTH सेवा जडान गर्दा ग्राहकहरुलाई आवश्यक 2 Core Optical Fiber १ सय मिटरसम्म निःशुल्क र सो भन्दा माथि प्रति मिटर २० रुपैयाँ लिई सेवा सञ्चालन गरिने छ ।
- उक्त ग्राहकको फाइबर काटिएर, चुँडिएर वा पुरानो भएर अवरुद्ध भई सेवा पुनः सञ्चालन गराउनका लागि फाइबर परिवर्तन गर्नु परेमा प्रति मिटर २० रुपैयाँ लिई जडान तथा रिप्लेस गरिने छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्