मिस नेपाल नीकिता चन्दकलाई हेरौँ तस्विरमा
सन् २०१७ को ‘मिस नेपाल’को ताज मोरङ उर्लाबारीकी २० बर्षिया नीकिता चन्दकले हात पारेकी छिन । यो बर्षको ‘मिस नेपाल’ प्रतिस्पर्धामा चन्दकले अन्य १८ जना प्रतिस्पर्धीलाई हराउँदै उपाधी हात पारेकी हुन । अब उनी ‘विश्व सुन्दरी’ प्रतियोगीतामा नेपालका तर्फबाट सहभागी हुनेछिन ।
मिस नेपाल चन्दकले भारतको ‘जेडी इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजी’मा फेसन कम्यूनिकेशनको अध्ययन गरेकी छिन् । यस्तै, यो बर्षको ‘मिस नेपाल अर्थ’को उपाधी रोजिना श्रेष्ठले हात पारेकी छिन । त्यस्तै ‘मिस नेपाल इन्टरनेशनल’को उपाधी नीति शाहले जितेकी छिन ।
‘मिस नेपाल’को अडिसन सकिएर अन्तिम प्रतिस्पर्धीको नाम चर्चामा रहेसँगै धेरैले नीति शाह नै मिस नेपाल हुने अनुमान गरिरहेका थिए । तर, मोरङकी सुन्दरी निकिताले मिस नेपाल जितेर सबैको अनुमानलाई उल्टो साबित गराइदिइन् ।
यस्तै, सहारा बस्नेत ‘मिस एसिया प्यासेफिक इन्टरनेशनल’ घोषित भएकी छिन् । राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपालले ‘महिलाले देशको आर्थिक विकासमा कस्तो योगदान गर्न सक्छन’ भन्ने प्रश्न सोधेका थिए । चन्दकले अरुको भन्दा उत्कृष्ट नवाफ दिँदै उपाधि जितेकी हुन् ।
द हिडेन ट्रेजरले यो चर्चित सौन्दर्य प्रतियोगीता आयोजना गर्दै आएको छ । तर, पछिल्ला बर्षमा यो सौन्दर्य प्रतियोगीताको चर्चा र महत्व कमजोर बन्दै गएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्