हेरौँ धुर्मुस–सुन्तलीको नयाँ नेपाल फोटो र भिडियोमा
यसअघि काभ्रेको डाँडागाउँमा एकीकृत नमुना पहरी बस्ती, सिन्धुपाल्चोकको गिराञ्चौर एकीकृत नमुना बस्ती र महोत्तरीको बर्दिवासमा एकीकृत नमुना मुसहर बस्ती निर्माण गरिसकेका धुर्मुस–सुन्तलीले अब ‘नमुना नेपाल’ निर्माण गर्ने भएका छन ।
धुर्मुस–सुन्तली फाउण्डेसनमार्फत ३ वटा एकीकृत नमुना बस्ती निर्माण गरी उदाहरणिय कार्य गरिसकेका उनीहरूले नेपाललाई विश्वमा चिनाउने भन्दै एक महत्वकांक्षी योजना सार्वजनिक गरेका हुन् । सबै नेपालीलाई जोड्ने भन्दै फाउन्डेसनले ‘नमुना नेपाल’ बनाउने महत्वकांक्षी योजना अघि सारेको हो ।
फाउन्डेसनले सोमबार काठमाडौंमा ‘नमुना नेपाल’ बनाउने चौंथो महत्वकांक्षि योजना सार्वजनिक गरेको हो । फाउन्डेसनका संस्थापकद्धय कलाकार धुमुर्स र सुन्तलीले अब नेपाललाई विश्व सामू चिनाउन पनि ‘नमुना नेपाल’ निर्माण योजना अघि सार्नु परेको स्पष्ट पारेका छन ।
सबै जाति, भाषा, समुदायलाई जोडेर नेपाललाई विश्वमा चिनाउने गरी ‘नमुना नेपाल’ अभियान संचालन गर्ने उनीहरुले बताएका छन । ‘नमुना नेपाल’ बनाउनका लागि ५ सय देखि १ हजार रोपनी जग्गा उपलब्ध गराउन धुर्मुस–सुुन्तली फाउण्डेसनले सरकारसँग माग पनि गरेको छ ।
परियोजना घोषणा कार्यक्रममा धुर्मुसले भने–‘सिंगो देशका सम्पूर्ण जातजातिहरुको सांस्कृतिक प्रतिनिधित्व हुनेगरी पीडित परिवारहरुको साझा थलो हो नमूना नेपाल । यो ऐतिहासिक र राष्ट्रिय गौरवको परियोजना तपाईहरुको साथ र सहयोग बिना सम्भव छैन् । ‘नमुना नेपाल’ हाम्रो सबैभन्दा ठूलो परियोजना र नेपाल चिनाउने अभियान समेत हो ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्