मधेसी नेता श्रीमतीका कारण छटपटीमा
अरू नेता चुनावको चटारोमा रहँदा मधेसका एउटा नेता भने घर बिक्री नहुँदा चिन्तामा छन् । राजपाका अध्यक्षमण्डलका अध्यक्षसमेत रहेका राजकिशोर यादवलाई अहिले आफ्नै घर घाँडो भएको छ ।
निकटवर्तीसँग उनले गौरीघाटमा आफू बस्दै आएको घर डेराको भन्दै ढाँट्दै आएको भए पनि सो घर उनी सञ्चारमन्त्री भएपछि खरिद गरेका थिए ।
दुईतले उक्त घर अहिले उनलाई घाँडो हुनुको कारण हो, त्यो घर उनको श्रीमतीको नाममा छ । घर मात्र होइन, गाडी पनि श्रीमतीको नाममा छ । कुनै समय श्रीमतीकै कारण जोगी झैं हिँड्ने यादव अँझै पनि श्रीमतीप्रति पूर्णतः विश्वस्त छैनन् ।
उनीनिकट सूत्रका अनुसार श्रीमतीले छाडेर गएको खण्डमा पार्टी त सिद्धिन्छ नै आफ्नो सर्वश्व नै सकिन्छ । त्यही कारण यादव सकभर छिटो श्रीमतीको नाममा रहेको गौरीघाटको उक्त घर बेचेर नयाँ खरिद गर्न चाहन्छन् र सिफ्ट हुन खोजिरहेका छन् ।
तर, भन्नेबित्तिकै खोजेको स्थानमा घर नभेट्दा र आफ्नो घर नबिक्दा यादव तनावमा छन् । उनी अहिले सो घर बेचेर उपत्यकाभित्रै सकेसम्म भक्तपुरतिर गतिलो स्थानमा घर खोजिरहेका छन् ।
उनले धेरैसँग भनसुन पनि गरिसकेका हुन् । तर, कतैबाट पार लागेको छैन । न त श्रीमतीको नाममा भएको घर नै बिक्छ न त भनेजस्तो ठाउँमा नयाँ घर भेटिन्छ । यही कारण उनी छटपटीमा छन् । जनआस्थाबाट ।









फेसबुकबाट कमेन्ट गर्नुहोस्