कि तानाशाह जन्मिन्छ, कि जनबिद्रोह हुन्छः ओली
एमाले अध्यक्ष केपि ओलीले अहिलेकै अवस्था रहिरहे कि तानाशाह जन्मिने कि जनविद्रोह हुने चेतावनी दिएका छन । सरकार तानाशाही ढंगले अघि बढ्दै गएमा जनविद्रोह हुने चेतावनी दिए पनि ओलीले जनविद्रोहको नेतृत्व कसले गर्छ भन्ने खुलाएनन् ।
‘सरकार तानाशाही ढंगले चलिरहेको छ’, ओलीले भने, ‘कि तानाशाह जन्मिन्छ कि जनविद्रोह हुन्छ ।’ राज्यका निकायलाई कमजोर बनाएर सरकार तानाशाहीकरणतर्फ गइरहेको ओलीको आरोप थियो ।
अध्यक्ष ओलीले राजपाको मागअनुसार नभइ कतै गरेको कबुलियतनामा अनुसार सरकारले चुनाव सारेको दाबी लगाएका छन् । वकिलहरुसँगको भेटघाट तथा छलफल कार्यक्रममा ओलीले राजपाले चुनावमा भाग लिने अवस्था आएपछि चुनाव सारिएको समेत बताएका छन ।
उनले चुनाव गराउनुपर्यो भन्ने नाममा सरकारले नै हिमाल, पहाड, तराईमा विखण्डन ल्याउन खोजेको आरोप पनि लगाएका छन ।
एमाले अध्यक्ष ओलीले महान्यायाधीवक्ताको खल्तीमा माओवादीको नारा हुने गरेको भन्दै आलोचना गरेका छन । बारबाट न्यायको कुनै अपेक्षा नभएको भन्दै ओलीले महान्यायाधीवक्तामाथि राजनीतिक पार्टीका कार्यकर्ता भएको आरोप लगाएका छन ।
ओलीले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय अब्यबहारीक र न्यायसंगत नभएको बताएका छन । सत्ताको दुरुपयोग गर्दै काँग्रेस–माओवादी गठबन्धनको सरकारले चीतवनमा न्यायको गलत प्रणालीको सुरुवात गरेको टिप्पणी गरेका छन ।








फेसबुकबाट कमेन्ट गर्नुहोस्