कपिलवस्तुमा बम बिस्फोट, १० घाईते, ५ गम्भीर
कपिलवस्तको बाणगंगा नगरपालिका ४ गजेहडामा बम विस्फोट भएको छ । बम बिस्फोटको घटनामा परी ९ जना घाइते भएको कपिलवस्तु प्रहरीले जनाएको छ । बिस्फोट विप्लव समूहले गराएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
बिस्फोटको घटना नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानलको उम्मेदवारी दर्ता गर्न गइरहेको बेलामा भएको हो । बिस्फोटमा घाइते भएका अधिकांश कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ता छन् । घाइतेहरुलाई उद्दार गरी अस्पताल लगिएको छ ।
बिस्फोटमा परी घाईते भएका मध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । गम्भीर घाइते हुनेमा विजय थारु, साहबुद्दिन मनिहार, शेषराम गुप्ता र लालबहादुर थारु रहेका छन ।
बिस्फोट बाणगंगा नगरपालिकाको कार्यालय नजिकै भएको हो । प्रहरीका अनुसार एक व्यक्ति थोत्रो साइकलमा रातो कपडाले बेरिएको केही वस्तुसहित आएका थिए ।
साईकलमा आएका व्यक्ति मननोयन दर्ता स्थलबाट करिव ३० मिटर पर साइकल रोकेर हिँडेको केही सेकेण्डमा नै विस्फोट भएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्