नेपालीले बनाए मंगलग्रहको उपग्रहमा बस्ने बासस्थान
मंगलग्रहको उपग्रह ‘फोबोस’मा अन्तरिक्षयात्री बस्न सक्ने वासस्थानको नमूना तयार गर्न अन्डरग्य्राजुएट तहका इन्जिनियररिङबीच संसारभर गराइएको प्रतिष्पर्धामा नेपाली विद्यार्थीको समूह विजेता तीनमा छनोट भएको छ ।
अमेरिकन इन्ष्टिच्युट अफ एरोनटिक्स एन्ड एस्ट्रोनटिक्स (एआईएए)ले आयोजना गरेको प्रतिष्पर्धामा चार नेपाली विद्यार्थी (थापाथली इन्जिनियरिङ क्याम्पस र पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थी) को संयुक्त समूह छनोट भएको हो ।
समूहमा थापाथली इन्जिनियरिङ क्याम्पसका राजन भण्डारी र सञ्जीव अधिकारी एवं पुल्चोक क्याम्पसका राजकुमार गुरुङ र अर्जुन मगर सम्मिलित छन् ।
प्रतियोगितामा सहभागी हुने नेपाली विद्यार्थीको समूहले ६ वटा नमुना सिलिन्डर आकारका नमूनाको डिजाइन तयार गरेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्