सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

नेपालीले बनाए मंगलग्रहको उपग्रहमा बस्ने बासस्थान

मंगलग्रहको उपग्रह ‘फोबोस’मा अन्तरिक्षयात्री बस्न सक्ने वासस्थानको नमूना तयार गर्न अन्डरग्य्राजुएट तहका इन्जिनियररिङबीच संसारभर गराइएको प्रतिष्पर्धामा नेपाली विद्यार्थीको समूह विजेता तीनमा छनोट भएको छ ।

अमेरिकन इन्ष्टिच्युट अफ एरोनटिक्स एन्ड एस्ट्रोनटिक्स (एआईएए)ले आयोजना गरेको प्रतिष्पर्धामा चार नेपाली विद्यार्थी (थापाथली इन्जिनियरिङ क्याम्पस र पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थी) को संयुक्त समूह छनोट भएको हो ।

समूहमा थापाथली इन्जिनियरिङ क्याम्पसका राजन भण्डारी र सञ्जीव अधिकारी एवं पुल्चोक क्याम्पसका राजकुमार गुरुङ र अर्जुन मगर सम्मिलित छन् ।

प्रतियोगितामा सहभागी हुने नेपाली विद्यार्थीको समूहले ६ वटा नमुना सिलिन्डर आकारका नमूनाको डिजाइन तयार गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS