काठमाण्डौको जोरपाटीमा भयानक सडक दुर्घटना
काठमाडौंको जोरपाटीमा एउटा भयानक सडक दुर्घटना भएको छ । काठमाडौंको बौद्ध जोरपाटीमा बिहीबार अनियन्त्रित माइक्रो बसले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
बा १ ज ९८०९ नम्बरको माइक्रो बसले सुरुमा मोटरसाइकललाई र त्यसपछि पैदलयात्रीलाई ठक्कर दिएसँगै लछारेर परसम्म लगेको थियो । ठक्करबाट मोटरसाइकल चालक लडेपछि माइक्रोबसले पैदल यात्रुलाई लछारेर सयमिटर पर पुर्याएको थियो ।
दुर्घटनामा भारत श्रीपुरका २७ वर्षीय रूपलाल साहको मृत्यु भएको छ । जोरपाटी क्षेत्रमा साइकलमा फलफुल बेच्दै आएका उनीसँगै रहेका फलफुल बिक्रेता भारत श्रीपुरकै प्रदीपकुमार साहको जोरपाटी मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको जोरपाटी प्रहरीले जनाएको छ ।
घटनामा पैदलयात्री ६५ वर्षीया चीनमाया बुढाथोकी गम्भीर घाइते भएकी छन् । उनको शंकरापुर अस्पतालमा उपचार भइरहेको छ । माइक्रोबसको ब्रेक बिग्रीएकाले यो भयानक दुर्घटना भएको प्रहरीको भनाइ छ । माइक्रो बस चालक भने फरार भएका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्