कैलाली बम काण्डबारे विप्लवको पार्टी बोल्यो
सोमवार राती कैलालीमा बम विस्फोट हुँदा एक जनाको ज्यान गएको विषयमा विप्लव नेतृत्वको नेकपाले आफ्नो धारणा बाहिर ल्याएको छ । मृतक आफ्नो पार्टीको जिल्ला कमिटि सदस्य रहेको भन्दै नेकपाले शंकास्द वस्तु पन्छाउन खोज्दा आफ्ना कार्यकर्ताको बम विस्फोट भएर मृत्यु भएको जनाएको छ ।
सेति–महाकाली व्यूरो इन्चार्ज ओमप्रकाश पुनले विज्ञप्ती जारी गर्दै भनेका छन–‘कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. १२ सि गाउँ निवासी चन्द्रबहादुर सिंह कमरेड सनराइज यही २०७४ असार १२ गते बेलुका १० बजे बेबारिसे बम पन्छाउन खोज्दा बिस्फोट भई कैलालीको धनगढीमा शहादत भएको खवरले हामीलाई निकै मर्माहित बनाएको छ ।’
विज्ञप्तीमा होटलको आगनमा शंकास्पद वस्तु देखेपछि त्यसलाई उठाएर कैलाली नदीमा फाल्न जाँदा अचानक बिस्फोट भएको दावी गरिएको छ । मिडिया रिपोर्टमा आफैले बोकेको बम बिस्फोट हुँदा विप्लव पार्टीका एक कार्यकर्ताको मृत्यु भएको खवर बाहिर आएको छ ।
आफै बोकेको बम विस्फोटमा कार्यकर्ता मारिएको भन्ने विषयलाई विज्ञप्तीमा खण्डन गरिएको छ ।









फेसबुकबाट कमेन्ट गर्नुहोस्