सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

ठग गोविन्द तिवारी जापानमा पक्राउ, दुतावास मौन

जापानमा राम्रो काम लगाईदिने भन्दै नेपालमा सोझासाझा महिलाहरुबाट दुई करोड भन्दा बढि रकम ठगी गरी जापानमा लुक्दै आएका आफुलाई डा.क्रिस नाम बताउने गोविन्द तिवारी जापानबाट पक्राउ परेका छन ।

ठगी गरि जापानमा लुक्दै आएका भनिएका तिवारीलाई गए राती १२ बजेको समयमा जापानको सिनयोकोहामा स्टेशनबाट योकोहामा नेप्लीज कम्यूनिटीको सहयोगमा नियन्त्रणमा लिएर जापान प्रहरीलाई बुझाईएको वी फर अलका अध्यक्ष सरोजकुमार खत्रीले जानकारी दिएका छन ।

तिवारीलाई जापान प्रहरीमा बुझाए पनि उनीबारे ईन्टरपोल तथा जापान स्थीत नेपाली दूतावासबाट जापान प्रहरीलाई हालसम्म कुनै जानाकारी नआएको बताईएको छ ।

पक्राउ परेका तिवारीबारे ईन्टरपोल तथा जापानस्थीत नेपाली दूतावासले कुनै कदम नचाले १२ घण्टा भन्दा बढी नियन्त्रणमा राख्न नसकिने जापान प्रहरीको भनाई छ ।

स्रोतका अनुसार गोविन्द तिवारीको ठगीकाण्डबारे जापानस्थित नेपाली दुतावासलाई यसअघि नै राम्रैसंग जानकारी भईसकेको छ । तर दुतावासका पदाधीकारी नै तिवारीलाई पक्राउ गर्न बेवास्ता गरेको बताईएको छ ।

एभरेष्टवाललाई प्राप्त जानकारी तिवारीलाई पक्राउ गर्न सहयोग माग्दै नेपालस्थित अनुसन्धान व्युरोले जापानस्थित दुतावासलाई पत्र पठाईसकेको छ । तर दुतावासले तिवारी प्रक्ररणमा मौनता देखाईरहेको छ ।

प्राप्त जानकारी अनुसार तिवारीको ग्रुपमा जापानमा रहेका जिम्मेवार संस्थामा संलग्न व्यक्तिहरुको पनि सहभागीता रहेकाले तिवारी प्रकरणमा एनआरएनए लगायत सबै चुप लागेर बसेको बताईएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS