सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बझाङबाट सुरु भयो कांग्रेस र एमालेको विजयी यात्रा

स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा नेपाली काङग्रेसले बझाङबाट बिजयी सुरुवात गरेको छ । बझाङको काँडा गाउँपालिकामा अध्यक्षमा कांग्रेस उम्मेद्वार राजेन्द्रबहादुर बोहरा निर्वाचित भएका छन भने उपाध्यक्षमा पनि काँग्रेसकै उम्मेद्वार कल्पना बोहरा निर्वाचित भएकी छन् ।

अध्यक्षमा कांग्रेसका राजेन्द्र बोहोरा ३९४ मतका साथ बिजयी भएका हुन । उनले एमालेका उम्मेद्वार मानबीर बोहोरा भन्दा २ मत बढि ल्याएर बिजयी भएका छन । उपाध्यक्षमा निर्वाचित कल्पना बोहोराले एमालेकै डोल्मा तामाङलाई पराजित गरेकी हुन् ।

बझाङकै मस्टा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित बहुमत सदस्य जित्दै एमालेले पनि विजयी सुरुवात गरेको छ । मस्टा गाउँपालिकामा एमालेका उम्मेद्वार कर्णबहादुर कठायत ७५४ मत सहित अध्यक्षमा निर्वाचित भएका छन भने उपाध्यक्षमा पनि एमालेकै भगवती बोहोरा निर्वाचित भएकी छिन ।

हालसम्म प्राप्त जानकारी अनुसार पहिलो स्थानमा एमालेले अग्रता गरेको छ । पहिलो स्थानमा एमालेले ६६ स्थानमा अग्रता लिईरहेको छ भने ५४ स्थानमा अग्रता लिँदै कांग्रेस दोस्रो स्थानमा छ । माओवादीले १४ स्थानमा अग्रता लिँदै तेस्रो स्थानमा छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्