सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

उम्मेद्वार नआएपनि मतगणना गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले सबै वा केही उम्मेद्वार वा निजको निर्वाचन प्रतिनिधि नआए पनि मतगणना अघि बढाउन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ । साथै, आयोगले उम्मेद्वार वा मतगणना प्रतिनिधिले मुचुल्कामा सहीछाप नगरेको अवस्थामा पनि मतगणना अघि बढाउन पनि भनेको छ ।

आयोगको शुक्रबार बसेको बैठकले मतगणनामा सबै वा केही उम्मेद्वार वा प्रतिनिधि उपस्थित नभएमा वा उपस्थित भए पनि मुचुल्कामा हस्ताक्षर नगरेमा सोही व्यहोराको मुचुल्का गर्न उपस्थित अन्य व्यक्ति तथा कर्मचारीको सहीछाप गराई मतगणना कार्य अगाडि बढाउन निर्देशन दिने निर्णय गरेको हो ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६० मा ‘यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि वा मतगणना प्रतिनिधि नियुक्त नभएमा वा उम्मेदवार वा निजको कुनै प्रतिनिधि उपस्थित रहनुपर्ने अवस्थामा उपस्थित नरहेमा वा निजहरुमध्ये कसैले गर्नुपर्ने काम नगरेमा सोही कारणले मात्र मतदानको वा मतगणनाको काम रोकिने छैन र यस्तो काम कानून बमोजिम भएको मानिने छ’ भन्ने व्यवस्था रहेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS