सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जेठ २६ मा अपहरीत श्रेष्ठको शव सल्यानको जंगलमा

अपहरणमा परेका दाङका ब्यापारी राजकुमार श्रेष्ठको शव सल्यानमा भेटिएको छ । सल्यानको पाथिभरा लेकमा रहेको घनघोर जंगलमा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।

कुहिएको अवस्थामा शव फेला परेको सल्यान प्रहरीले जनाएको छ । प्रहरीले शवलाई बोरामा हालेर दाङ ल्याएको छ । ब्यापारी श्रेष्ठ गत जेठ २६ गते साँझ अपहरणमा परेका थिए ।

अपरहणमा परेका श्रेष्ठको खोजीका लागि सिआइबी र अपराध महाशाखाबाट विज्ञहरुको टोली खटेको थियो । टोलीले अपरहणमा संलग्न केहीलाइ पक्राउ गरेपछि उनीहरुको आधारमा शव पत्ता लागेको हो ।

श्रेष्ठको अपहरणमा एक युवती र भारतीय पेशेवर प्रयोग भएको प्रहरीको निष्कर्ष छ । सोही दिन अपहरणमा परेका रणबहादुर घर्तीको अवस्था अँझै अज्ञात छ ।

श्रेष्ठको शव भेटेपछि प्रहरीले पत्रकार सम्मेलन गरेर थप जानकारी दिने तयारी गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्