सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

नेकपा एमाले विजयी भएका स्थानीय तहको सुची

दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहको मतगणना जारी रहँदा हालसम्मको परिणाम अनुसार एमालेले आफ्नो अग्रता कायमै राखेको छ । कांग्रेस एमालेको पछीपछी दोस्रो स्थानमा छ भने माओवादीले पनि अपेक्षाकृत राम्रो नतिजा ल्याएर तेस्रो स्थान सुरक्षित गरेको छ ।

अहिलेसम्म संघिय समाजवादी फोरम र नयाँ शक्ति गठबन्धन ६ स्थानीय तहमा विजयी भएको छ भने फोरम लोकतान्त्रिक ४ ठाउँमा विजयी भएको छ । राप्रपा पनि एक स्थानीय तहमा विजयी भएको छ । मतगणना भइरहेका ठाउँमा पनि एमालेले कांग्रेसलाई पछि पारिरहेको छ ।

यसपटक कतिपय पार्टीका गढ भत्किएका छन् । कांग्रेसका गढका रुपमा रहेका डडेलधुराको अमरगढी र गुल्मीको रेसुंगा नगरपालिकामा एमालेले जितेको छ भने एमालेको गढ मानिएको भोजपुर नगरपालिकामा कांग्रेसले जितेको छ । स्थानीय चुनावमा गढ भत्किने र जोगाउने यस्ता परिणाम थुप्रै छन ।

दोस्रो चरणको चुनावमा एमालेले धनकुटा र माओवादीले रुकुमका सबै स्थानीय तह जितेर ‘क्लिन स्वीप’ गरेका छन् । पहिलो चरणको स्थानीय निर्वाचनमा पहिलो बनेको एमाले दोस्रो चरणको स्थानिय निर्वाचनमा पनि पहिलो भन्ने लगभग पक्कापक्की भएको छ ।

नेकपा एमाले विजयी भएका स्थानीय तहको सुची

  1. डडेलधुरा, अमरगढी नगरपालिकाः विश्वेश्वर (विपीन ओझा)
  2. बझाङ, मष्टा गाउँपालिकाः कर्णबहादुर रावत
  3. बाजुरा, पाण्डवगुफा गाउँपालिकाः कालीबहादुर शाही
  4. खोटाङ, जन्तेढुंगा गाउँपालिकाः शंकर राई
  5. बाजुरा, गौमुल गाउँपालिकाः हरि रोकाया
  6. बैतडी, पन्चेश्वर गाउँपालिकाः गोरख बहादुर चन्द
  7. बझाङ, थलारा गाउँपालिकाः भुवनेश्वर उपाध्याय
  8. ताप्लेजुङ, मौवाखोला गाउँपालिकाः राजन कुमार थक्लुङ
  9. भोजपुर, रामप्रसाद राई गाउँपालिकाः बिजय राई
  10. दार्चुला, लेकम गाउँपालिकाः परमानन्द जोशी
  11. बझाङ, वित्थडचिर गाउँपालिकाः प्रेम बोहरा
  12. बझाङ, दुर्गाथली गाउँपालिकाः प्रयागराज जोशी
  13. उदयपुर, ताप्ली गाउँपालिकाः उद्दवसिंह थापा
  14. नवलपरासी, त्रिवेणी सुस्ता गाउँपालिकाः रामप्रसाद पाण्डे
  15. दार्चुला, अपिहिमाल गाउँपालिकाः धर्मानन्द सिंह
  16. बझाङ, तलकोट गाउँपालिकाः लालबहादुर विष्ट
  17. धनकुटा, खाल्सा छिन्ताङ सहीदभूमि गाउँपालिकाः मनोज राई
  18. भोजपुर, पौवादुम्मा गाउँपालिकाः किरण राई
  19. पाँचथर, हिलिहाङ गाउँपालिकाः भवानीप्रसाद लिङदेन
  20. पाल्पा, तिनाउ गाउँपालिकाः अमबहादुर घर्ती
  21. संखुवासभा, मादी नगरपालिकाः विदुर लिन्थेप
  22. भोजपुर, ट्याम्के मैयुम गाउँपालिकाः ध्रुवराज राई
  23. डडेलधुरा, नवदुर्गा गाउँपालिकाः कबिन्द्र बहादुर विष्ट
  24. पाल्पा, पूर्वखोला गाउँपालिकाः नुन बहादुर थापा
  25. इलाम, सन्दकपुर गाउँपालिकाः उदयबहादुर राई
  26. भोजपुर, हतुवागढी गाउँपालिकाः प्रेमबहादुर राई
  27. गुल्मी, रेसुङ्गा नगरपालिकाः डिल्लीराज भुसाल
  28. ताप्लेजुङ, मिक्वाखोला गाउँपालिकाः रामकुमार सावा
  29. डोटी, पूर्वीचौकी गाउँपालिकाः दीर्घराज बोगटी
  30. सोलुखुम्बु, दूधकोशी गाउँपालिकाः बुद्धिकिरण राई
  31. धनकुटा, पाख्रिबास नगरपालिकाः विर्षबहादुर राई
  32. खोटाङ, लामिडाँडा गाउँपालिकाः लीलानाथ निरौला
  33. पाँचथर, कुम्मायक गाउँपालिकाः जयबहादुर चेम्जोङ
  34. गुल्मी, रुरू गाउँपालिकाः नीलकण्ड गौतम
  35. सोलुखुम्बु, सोताङ गाउँपालिकाः वीरबहादुर नाछिरीङ
  36. बाजुरा, स्वामीकार्तिक गाउँपालिकाः चिरन्जीवी शाही
  37. धनकुटा, छथर जोरपाटीः शेरबहादुर लिम्बू
  38. तेह्रथुम, मेन्छयायम गाउँपालिकाः यादव बहादुर खापुङ
  39. दार्चुला, नौगाड गाउँपालिकाः प्रेमसिंह धामी
  40. रोल्पा, त्रिवेणी गाउँपालिकाः शान्तकुमार ओली
  41. पाल्पा, निस्दी गाउँपालिकाः मुक्तबहादुर सारू
  42. उदयपुर, ताप्ली गाउँपालिकाः उद्धवसिंह थापा
  43. प्यूठान, सरुमारानी गाउँपालिकाः झगवहादुर विक
  44. धनकुटा, चौबिसे गाउँपालिकाः खजिन्द्र राई
  45. कैलाली, चुरे गाउँपालिकाः धनबहादुर रोक्का मगर
  46. तेह्रथुम, छथर गाउँपालिकाः सन्तवीर लिम्बु
  47. उदयपुर ,उदयपुरगढी गाउँपालिकास् मानबहादुर केप्छाकी मगर
  48. डोटी, सायल गाउँपालिकाः तेजबहादुर डुम्रेल
  49. इलाम, चुडोटीलाचुली गाउँपालिकाः प्रदिपचन्द्र राई
  50. पाल्पा, रम्भा गाउँपालिकाः विष्णुप्रसाद भण्डारी
  51. गुल्मी, मुसिकोट नगरपालिकाः सोमनाथ सापकोटा
  52. उदयपुर, रौतामाई गाउँपालिकाः गजेन्द्रवहादुर खड्का
  53. धनकुटा, धनकुटा नगरपालिकाः चिन्तन तामाङ
  54. बझाङ, जयपृथ्वी नगरपालिकाः वीरेन्द्र खड्का
  55. खोटाङ, केपिलासगढी गाउँपालिकाः कृष्णकुमार राई
  56. प्युठान, माण्डवी गाउँपालिकाः श्रीधर रोक्का
  57. तेह्रथुम, आठराई गाउँपालिकाः बिष्णुक्रिम बुढा
  58. तेह्रथुम, फेदाप गाउँपालिकाः हरिप्रसाद चोङवाङ लिम्बू
  59. डोटी, आदर्श गाउँपालिकाः टेकबहादुर रोकाया
  60. दाङ, गढवा गाउँपालिकाः सहजराम यादव
  61. पाल्पा, रिब्दीकोट गाउँपालिकाः नारायण बहादुर जिसी
  62. कैलाली, मोहन्याल गाउँपालिकाः नवलसिंह रावल
  63. तेह्रथुम,म्याङलुङ नगरपालिकाः सन्जय तुम्बाहम्फे
  64. धनकुटा, साँगुरीगढी गाउँपालिकाः कुमारजंग याख्खा
  65. बझाङ, केदारस्यूँ गाउँपालिकाः इन्द्रवहादुर भण्डारी
  66. सोलुखुम्बु, खुम्बु पासाङ्गल्हामु गाउँपालिकाः निमदोर्जी शेर्पा
  67. ताप्लेजुङ, याङ्वरक गाउँपालिकाः केशर म्याङ्बो
  68. गुल्मी, छत्रकोट गाउँपालिकाः मधुकृष्ण पन्थ
  69. गुल्मी, मालिका गाउँपालिकाः रितबहादुर थापा
  70. डोटी, दिपायल सिलगढी नगरपालिकाः मञ्जु मलासी
  71. पाल्पा, तानसेन नगरपालिकाः अशोक शाही
  72. ओखलढुंगाः सिद्धिचरण नगरपालिकाः मोहनकुमार श्रेष्ठ
  73. डोटी, जोरायल गाउँपालिकाः दुर्गा ओझा
  74. बैतडी, डीलासैनी गाउँपालिकाः उकेन्द्र बोहरा
  75. धनकुटा, महालक्ष्मी नगरपालिकाः पर्शुराम नेपाल
  76. प्यूठान, स्वर्गद्वारी नगरपालिकाः नेत्रबहादुर रोकाय
  77. रुपन्देही, सैनामैना नगरपालिकाः चित्रबहादुर कार्की (केसी)
  78. सोलुखुम्बु, नेचा सल्यान गाउँपालिकाः डुफकुमार बास्तोला
  79. दाङ, दंगीशरण गाउँपालिकाः भागिराम चौधरी
  80. इलाम, माइजोगमाई गाउँपालिकाः जितबहादुर राई
  81. खोटाङ,रुपाकोट मझुवागढी नगरपालिकाः दीपनारायण रिजाल
  82. संखुवासभा, मकालु गाउँपालिकाः खड्गबहादुर कटुवाल
  83. अछाम, मँगलसेन नगरपालिकाः पदम बोहरा
  84. संखुवासभा, खाँदबारी नगरपालिकाः मुरारीप्रसाद खतिवडा
  85. ताप्लेजुङ, फुङलिङ नगरपालिकाः छत्रपति प्याकुरेल
  86. संखुवासभा, चैनपुर नगरपालिकाः भरतकुमार खत्री
  87. रुपन्देही, कञ्चन गाउँपालिकाः गोकर्ण बहादुर क्षेत्री
  88. अर्घाखाँची, मालारानी गाउँपालिकाः बालकृष्ण आचार्य
  89. बैतडी, दोगाडाकेदार गाउँपालिकाः चक्रबहादुर कार्की
  90. रुपन्देही, शुद्धोधन नगरपालिकाः किशुन चन्द्र चौधरी
  91. कपिलवस्तु, विजयनगर गाउँपालिकाः गोपाल थापा
  92. अछाम, चौरपाटी गाउँपालिकाः हर्क साउद
  93. खोटाङ, खोटेहाङ गाउँपालिकाः प्रदीप राई
  94. मोरङ, मिक्लाजुङ गाउँपालिकाः देवी प्रसाद आचार्य
  95. इलाम, इलाम नगरपालिकाः महेश बस्नेत
  96. इलाम, देउमाइ नगरपालिकाः सूर्य पोखरेल
  97. बर्दिया, ठाकुरबाबा नगरपालिकाः घननारायण श्रेष्ठ
  98. कन्चनपुर, बेलडाँडी गाउँपालिकाः धनबहादुर थापा
  99. ताप्लेजुङ, फक्ताङलुङ गाउँपालिकाः सरोज लिम्बू
  100. रोल्पा, रुन्टीगढी गाउँपालिकाः बालाराम बुढा
  101. गुल्मी, मदाने गाउँपालिकाः दानबहादुर केसी
  102. संखुवासभा, सभापोखरी गाउँपालिकाः रत्न सुब्बा
  103. पाँचथर, याङवरक गाउँपालिकाः लेखनाथ घिमिरे
  104. बर्दिया, बढैयाताल गाउँपालिकाः लालबहादुर श्रेष्ठ
  105. कैलाली,गाैरीगंगा नगरपालिकाः भिम देउवा
  106. अछाम,साँफेबगर नगरपालिकाःकुलबहादुर कुँवर
  107. दाङ, घाेराही उपमहानगरपालिकाः नरुलाल चौधरी
  108. झापा, कन्काई नगरपालिकाः राजेन्द्र पाेखरेल
  109. ओखलढुंगा, लिखु गाउँपालिकाः गोविन्द पौडेल
  110. इलाम, माई नगरपालिकाः दिपक थेबे
  111. कैलाली, गोदावारी नगरपालिकाः हरिसिंह साउद
  112. नवलपरासी,बर्दघाट नगरपालिकाः धिरज शर्मा
  113. बाँके, बैजनाथ गाउँपालिकाः मानबहादुर रुचाल
  114. दाङ, बबई गाउँपालिकाः भूवनेश्वर पौडेल
  115. ओखलढुंगा, मोलुङ गाउँपालिकाः मणिराज रार्इ
  116. बर्दिया, बाँसगढी  नगरपालिकाः शालिकराम अधिकारी
  117. माेरङ, कानेपाेखरी गाउँपालिकाः तराबहादुर काफ्ले
  118. कैलाली, टिकापुर नगरपालिका: तपेन्द्र रावल
  119. उदयपुर, कटारी नगरपालिकाः ज्ञानेन्द्र श्रेष्ठ
  120. कपिलवस्तु, शिवराज नगरपालिकाः नेत्रराज अधिकारी
  121. इलाम, सुर्याेदय नगरपालिकाः रनबहादुर भट्टराई
  122. कञ्चनपुर , वेदकोट नगरपालिका :अशोककुमार चन्द
  123. दाङ, लमही नगरपालिका: कुलबहादुर केसी
  124. रुपन्देही, तिलोत्तमा नगरपालिका: वासुदेव घिमिरे
  125. बझाङ, छबिसपाथिभेरा गाउँपालिका: अक्कल धामी
  126. झापा, कमल गाउँपालिका: मेनुका काफ्ले
  127. मोरङ, ग्रामथान गाउँपालिका: शिवनारायण माझी
  128. बाँके, जानकी गाउँपालिकाः रामनिवास यादव

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS