सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

‘हिन्दू–मुस्लिम भाइभाइ, धवलशमसेर हाईहाई’

मुस्लिम समुदायको बाहुल्यता रहेको शहर नेपालगन्जको मेयरमा हिन्दु राष्ट्रको पक्षधर पार्टीका उम्मेद्वार धवलशमसेर राणा निर्वाचित भएका छन । नेपालगन्जको मतपरिणाम राप्रपाका लागि देशभरमै सबैभन्दा उत्साहजनक थियो ।

राप्रपाले ब्यापक तयारीका साथ नेपालगन्जमा भब्य विजय जुलुस निकालेको छ । विजयी जुलुसमा राप्रपाका कार्यकर्ताहरुले ‘हिन्दू–मुस्लिम भाइभाइ, धवलशमसेर हाईहाई’ भन्दै जोडतोडका साथ नारा लगाएका थिए ।

करिब ६२ हजार मतदाता रहेको नेपालगन्जमा करिब २८ प्रतिशत मतदाता मुस्लिम छन् । आफ्ना निकटतम प्रतिद्धन्दी भन्दा ३ हजार ७ सय ८५ मतको फराकिलो अन्तरले मेयरमा बिजयी राणाको पार्टीले नेपालगन्जका २३ मध्ये तीन वटा वडा पनि जितेको छ ।

राप्रपाले जितेका तीन मध्ये दुई वडाअध्यक्षमा मुस्लिम समुदायका नेता छन् । नेपालगन्जको ३ र ४ नम्बर वडाबाट अध्यक्षमा जितेका मुस्लिम वडा अध्यक्ष वडा नम्बर ४ का सफिक बेहना र वडा नम्बर ५ का कैफुलवरा अन्सारी पनि ढाका टोपी लगाएर मेयर राणासँगै र्यालीमा सहभागी भएका थिए ।

हिन्दु मुस्लिम दुबै समुदायको विश्वास र मत पाएर मेयरमा निर्वाचित राणाको विजयी जुलुसमा लागेको नाराले नेपालगन्जको सामाजिक र धार्मिक सदभावलाई बढाउन निक्कै ठूलो भूमिका निर्वाह गरेको छ ।

मेयरमा निर्वाचित धबलले सुन्दर, सफा र सदभावपूर्ण नेपालगन्ज बनाउने अठोट व्यक्त गरेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS