लुम्बिनी सांस्कृतिक नगरपालिकामा राजपा नेता विजयी
विश्वसम्पदा सूचिमा सूचिकृत लुम्बिनी सांस्कृतिक नगरपालिकामा चुनावमा सहभागी नभएको पाटी ‘राजपा’का उम्मेद्वार (शंख चुनाव चिन्ह) विजयी भएका छन् ।
स्वतन्त्र उम्मेद्वारी दिएका ‘राजपा’का मनमोहन चौधरी (कन्हैयाबावु) ले ८ हजार १७५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका फकरुद्दिन खाँले ७ हजार ३९ मत पाएका छन् ।
स्वतन्त्रबाट विजयी हुने उनी राजपा रूपन्देहीका अध्यक्ष मण्डलका अध्यक्ष समेत हुन् । उपमेयरमा भने संघीय फोरमका जानकीदेवी श्रीवास्तवले ४ हजार ७२० मतका साथ विजयी भएकी छन् । प्रतिद्वन्द्वी कांग्रेसकी रमावती यादवले ४ हजार ५८८ मत प्राप्त गरेकी छन् ।
लुम्बिनी सांस्कृतिक नगर रुपन्देहीको बुटवल र सिद्धार्थनगर नगरपालिका पछिको मुख्य नगरी समेत हो । राजपा पार्टीगत हिसावले चुनावमा सहभागी भएको छैन । पार्टीको निति विपरीत चुनावमा सहभागी हुने नेता कार्यकर्तालाई राजपाले कारबाहीको तयारी गरेको कुरा समेत सार्बजनिक भएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्