सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

जन्मदिनका अवसरमा पुर्वराजाको आयो यस्तो वक्तव्य

पूर्वराजा ज्ञानेन्द्र शाहले पद प्रतिष्ठा र प्रशंसा भन्दा आफ्नो निरन्तरको चाहना देशभक्ति भएको बताएका छन् । शाहले सात दशक पार गरेका छन् र, निर्मल निवासमा शुभेक्षुकहरुसँग शुक्रबार ७१ औं जन्मदिन मनाइरहेका छन् ।

जन्मदिनको अवसर पारेर वक्तव्य जारी गर्दै शाहले आफूलाई शुभेक्षा प्रकट गर्ने र शुभकामना दिने सबैप्रति आभार प्रकट गरेका छन् । आफ्नो निरन्तरको चाहना देशभक्ति भएको भन्दै उनले भनेका छन–‘हाम्रा पुर्खाले जोडेको र जोगाएको यो देश सदा संरक्षित होस, सदा सम्बृद्धिको बाटोमा अघि बढोस् मेरो मूल चाहना र कामना यही नै हो ।’

पूर्वराजा ज्ञानेन्द्रले देश जोगियोस र विखण्डनमा नलागी सुदृढ राष्ट्रिय एकतातर्फ अग्रसर होस् भन्ने आफ्नो मनोकांक्षा रहेको बताए । ‘यस्तो भावना आम नेपालीमा र खासगरी राष्ट्रका जिम्मेवार जनप्रतिनिधिहरुमा रहोस् यही नै मेरो आग्रह हो,’ उनले भनेका छन् ।

राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय एकता कायम गर्न सबै एकजुट हुनुपर्ने उनले बताएका छन् । साथै देश संकटमा पर्दा देशवासीले अभुतपूर्व एकता देखाउने गरेको र यसलाई सधै तयार हुनुपर्ने उनले बताएका छन् ।

पूर्वराजा शाहले भनेका छन, ‘पूर्वीय दर्शनले विश्वलाई आकर्षित गरिरहेका बेलामा हामी भने कस्तुरी हराएको मृग झै शुन्यतामा हराइरहेका छौं । हामी कृयाशील ऊर्जा बोकेर बिउँतन अब ढिला गर्नु हुँदैन ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS