धरान बाहेक सबै तहको मतपरिणाम सार्वजनिक
दोस्रो चरणअन्तर्गत असार १४ गते भएको निर्वाचन अन्र्तगत धरान उपमहानगरपालिका बाहेक सबै स्थानीय तहको मतपरिणाम घोषणा भएको छ ।
निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार, हालसम्म ३४ जिल्लाका ३३३ स्थानीय तहको मतगणना कार्य पूरा भएको छ । बीस वटा वडा भएको धरान उपमहानगरपालिका–११, १५, १६ र १७ को मतगणना भइरहेको छ ।
देशका १, ५ र ७ नम्बर प्रदेश अन्तर्गत ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि दोस्रो चरणमा निर्वाचन भएको थियो । पछिल्लो मतगणनाअनुसार, नेकपा एमाले १५०, नेपाली काँग्रेस १२२, माओवादी केन्द्र ३८, संघीय समाजवादी फोरम ८, लोकतान्त्रिक फोरम नेपाल ६, राप्रपाका ४ र राष्ट्रिय जनमोर्चाका दुईजना उम्मेदवार प्रमुख÷अध्यक्ष पदमा विजयी भएका छन् ।
त्यस्तै, तीनजना स्वतन्त्र उम्मेद्वार पनि प्रमुख÷अध्यक्ष पदमा विजयी भएको आयोगले जनाएको छ । दोस्रो चरणको निर्वाचनको हालसम्म घोषित परिणाममध्ये प्रमुख÷अध्यक्ष पदमा एमालेले सबैभन्दा धेरै अर्थात् ४५ प्रतिशत पदमा विजयी हासिल गरेको छ भने काँग्रेसले ३६.६ र माओवादी केन्द्रले ११.४ प्रतिशत पद जितेका छन् ।
उपप्रमुख एवम् उपाध्यक्षमा एमालेका १७४, काँग्रेसका १०४, माओवादी केन्द्रका ३८, संघीय समाजवादी फोरम नेपालका ७, लोकतान्त्रिक फोरमका ६, राष्ट्रिय जनमोर्चाका दुई, राप्रपाका दुईजना उम्मेद्वार विजयी भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताएका छन ।
दोस्रो चरण अन्तर्गत ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधिको चयन हुनेछ । यस निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्