सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

वडासदस्यमा विजयी गर्भवती महिलाको हत्या

रुकुममा हालैको निर्वाचनबाट दलित वडा सदस्य पदमा निर्वाचित भएकी एक महिलाको उनकै श्रीमानले हत्या गरेका छन् । उनी ९ महिनाकी गर्भवतती थिइन् ।

असार १४ गते भएको स्थानीय चुनावमा रुकुमको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ७ की दलित वडा सदस्यको रुपमा नेपाली कांग्रेसबाट निर्वाचित २८ वर्षीय बयानसरी कामीको हत्या भएको हो ।

घरायसी विवादमा ३८ वर्षीय टेक बहादुर कामीले गर्भवती श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ ।

उनी आठ महिनाकी गर्भवती थिइन् र साउन पहिलो साता उनको बच्चा जन्माउने मिति थियो । प्रहरीले हत्यामा संलग्न श्रीमानलाई सोमबारै पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्