सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

बाँदर धपाउन १० लाख बजेट बिनियोजन

बाँदरले बालीनाली खाएर हैरान पारेको भन्दै प्रशासन, प्रहरी र न्यायालय गुहारेको समाचार त नौलो हुन छाड्यो । यसअघिका स्थानीय निकायमा पेश हुने योजनामा बाँदर नियन्त्रण पनि हुन्थ्यो ।

भौतिक पूर्वाधार, सामाजिक क्षेत्र लगायत विकास निर्माणलाई प्राथमिकतामा राखेर स्थानीय तहले धमाधम बजेट बिनियोजन गरिरहेका बेला कास्कीको रूपा गाउँपालिकाले भने आफ्नो क्षेत्रमा बाँदर प्रतिस्थापनका लागि भन्दै बजेट छुट्याएको छ ।

गाउँपालिकावासीको मुख्य पेशा कृषि रहेको र पछिल्लो समय बाँदरको बिगबिगी बढेको भन्दै मंगलबार सम्पन्न पहिलो गाउँसभाले बाँदर धपाउन १० लाख रुपैयाँ बजेट छुट्याएको हो । ‘बाँदरबाट सातवटै वडा नराम्रोसँग प्रभावित छन’, अध्यक्ष नवराज ओझाले भने, ‘पीडित किसानको मागअनुसार बजेट व्यवस्था गरेका हौं ।’

ओझाका अनुसार गाउँपालिकाभित्रका बाँदर समातेर राष्ट्रिय निकुञ्ज लगायत संरक्षित क्षेत्रमा लैजाने योजनामा बजेट बिनियोजन गरिएको हो । यसका लागि भारतबाट प्राविधिक झिकाउने गाउँपालिकाको तयारी छ ।

स्थानीयको मुख्य पेशा नै कृषि भएकाले यसको व्यवसायीकरण गर्ने अभ्यास भईरहेको तर बर्सेनि बाँदरले कृषि उपज नष्ट गर्ने गरेकाले त्यसलाई रोक्न लागिएको हो । ‘गाउँपालिकाबाट सबै बाँदर प्रतिस्थापन गर्ने योजना हो’, अध्यक्ष ओझाले भने, ‘सहजै बाँदर समाउने प्राविधिक भारतबाट झिकाउन लागेका छौं ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS