सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बैदेशिक रोजगार व्यवसायी संघमा एमालेको नेतृत्व

नेपाल बैदेशिक रोजगार ब्यवसायी संघमा एमाले र नेकपा माओवादी केन्द्र निकट ब्यवसायीहरु बिजयी भएका छन् । कांग्रेस निकटका बहालवाला अध्यक्ष समेत हरेका बिमल ढकाललाई हराउँदै रोहन गुरुङ नेतृत्वको समुह बिजयी भएको हो ।

शुक्रवार भएको मतदानको परिणाम शनिवार विहान आएको छ । गुरुङले ढकाललाई करिव ९३ मत अन्तरले पराजित गरेका छन् । गुरुङले ४३४ मत र ढकालले ३४१ मत ल्याएका छन् ।

बैदेशिक रोजगार ब्यवसायी संघमा एमाले र माओवादीबीच वाम गठबन्धन थियो भने कांग्रेस र मधेसी मोर्चासँग सम्बन्धीत ब्यवसायीबीच लोकतान्त्रिक गठबन्धन भएको थियो ।

एमाले निकट प्रगतिशिल बैदेशिक रोजगार ब्यवसायी मञ्च र नेकपा माओवादी केन्द्र निकट बैदेशिक रोजगार ब्यवसायी गणतान्त्रिक मञ्च बहुमतसहित बिजयी भएको प्रचार संयोजक भीष्मराज शर्मा शिवाकोटीले बताएका छन ।

प्रगतिशील समुहबाट प्रथम उपाध्यक्ष रामप्रसाद भन्तना, तृतीय शुक्र पाख्रिन, महासचिव नरेश गेलाल, सचिव इश्वर जीसी बिजयी भएका छन् भने द्धितीय उपाध्यक्ष शुवर्ण श्रेष्ठ र कोषाध्यक्षमा रमिला ताम्राकार झिनो मतअन्तरबाट पराजित भएका छन् ।

नेपाल बैदेशिक रोजगार ब्यवसायी संघ लामो समयदेखि कांग्रेस निकट संगठनको कब्जामा थियो । कांग्रेसको दवदवालाई भत्काउँदै एमाले र माओवादीको संयुक्त वाम प्यानल बिजयी भएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्