टोक्योमा रेष्टुरेन्ट गर्दै आएका भिमको शंकास्पद मृत्यु
जापानको टोक्योमा फुलवारी नामको रेस्टुरेण्ट चलाउँदै आएका ५५ वर्षीय भीमलाल खरेल मृत अवस्थामा फेला परेका छन् । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्वर ७, दम्कुवा घर भएका खरेल सोमबार विहान खोलामा मृत भेटिएको उनका आफन्तले बताएका छन ।
मृतक खरेलले टोकियास्थित मिनामीसेन्जुमा फुलवारी रेष्टुरेण्टका चार ओटा शाखा सञ्चालन गर्दै आएका थिए । उनी आइतबार साँझ स्थानीय समयअनुसार साढे ८ बजेतिर घर नजिकैको फुलवारी रेष्टुरेण्टबाट अर्को रेष्टुरेण्ट जान भनि हिँडेको उनका दाजु शेषकान्त खरेलले बताएका छन ।
स्थानीय समयअनुसार साँझ साढे ९ बजेतिर उनको फोन बन्द भएको पारिवारीक श्रोतले बताएको छ । राती अबेरसम्म सम्पर्कमा नआएपछी बिहान प्रहरीलाई खबर गर्दा प्रहरीले उनको शब खोला किनारमा फेला पारेको थियो ।
उनको मृत्यु रहस्यम रहेको भिमलालका दाजु शेषकान्त खरेलले बताएका छन । उनले भने–‘भाइको साथमा पैसा नभएको बुझिएको छ । अन्य परिचय खुल्ने कागज पनि उनीसँग नभएपछि एक जना ग्राहकको पर्चीबाट शवको पहिचान भएको बताइएको छ । जापानको प्रहरीले सीसीटीभी फुटेजको माध्यमबाट उनको रहस्यमय मृत्युको अनुसन्धान गरी रहेको जानकारी परिवारजनलाई दिएको छ । यो भन्दा बढि बोल्न सक्ने अवस्थामा छैनौं हामी ।’
२२ वर्ष देखि जापानमा बस्दै आएका खरेल त्यसअघि करिव ८ वर्ष भारतको मुम्वईमा मजदुरी गर्दागर्दै होटल लाइनको काम सिकेर जापान आएका थिए । कामदारका रुपमा जापान आएका खरेलले पछि फुलवारी रेष्टुरेण्ट सञ्चालन गर्न थाले ।
रेष्टुेन्ट व्यवसाय फस्टाउँदै गएपछी भिमलालले त्यसलाई क्रमशः बृद्धि गर्दै रेष्टुरेण्टको संख्या चार वटा पुर्याएका थिए । जानकारीमा आएअनुसार जापानमा जमिन किनेर घर बनाउने उनी पहिलो नेपाली हुन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्