सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

सती गएर चुनाव जितिन्न, एमालेसँग सहकार्य गर्नुस

प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव जित्ने हो भने एमालेसँग सहकार्यमा आउन माओवादी केन्द्रलाई आग्रह गरेका छन् । उनले कांग्रेसको सति गएर माओवादीले कहिल्यै चुनाव जित्न नसक्ने समेत बताएका छन ।

वैदेशिक रोजगार व्यसायी संघको नवनिवार्चित कार्य समितिका पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै ओलीले अब नेपालमा लोकतन्त्रको नेतृत्व बामपन्थी आन्दोलनले मात्र गर्न सक्ने बताएका छन । त्यसको नेतृत्व एमालेले गर्ने भन्दै ओलीले चुनाव जित्ने हो भने एमालेसँग सहकार्य गर्न माओवादीलाई आग्रह गरेका छन ।

बैदेशिक रोजगार व्यवसायी संघमा एमालेको नेतृत्वमा माओवादी सहितको बामपन्थी प्यानलले जितेको सन्दर्भमा ओलीले एमालेसँग सहकार्य गरेका ठाउँमा कोही पनि नहार्ने बताएका छन ।

ओलीले भने, ‘म एक–दुई दिनमै माओवादीका नेता साथीहरुलाई भन्नेवाला छु, आजको यथार्थ र भोलिको सम्भावना बताउनेवाला छु । सति गएर चुनाव जितिन्न । चुनाव जित्नुपर्छ भने एमालेसँग सहकार्य गर्नुस् भन्नेवावला छु साथीहरुलाई ।’

ओलीले कांग्रेसबाट लोकतन्त्रको रक्षा हुन नसक्ने दाबी गरे । स्वतन्त्र न्यायपालिका, जनताको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताविरुद्ध कांग्रेस खुलेआम बिदेशीको मतियार भएको भन्दै उनले लोकतन्त्रको रक्षा वामपन्थी आन्दोलनबाट मात्र सम्भव हुने बताए ।

ओलीले एमालेले जहाँ चुनाव लड्छ त्यहाँ जित्नै पर्ने बताएका छन । उनले वैदेशिक रोजगार संघमा ३ सदस्य कांग्रेसले जितेकोमा अशन्तुष्टि जनाए । ओलीले भने ‘३ सिट पनि अरुले जित्नुपर्ने कारण छैन । तपाईहरु अब राम्रो काम गरेर अर्को पटक भरसक उनीहरुले उम्मेदवार नै नपाउने अवस्था सिर्जना गर्नुस् ।’ उनले भने, ‘मैले भन्ने गरेको छु, २०७४ साल, एमालेमय नेपाल ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS