सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सती गएर चुनाव जितिन्न, एमालेसँग सहकार्य गर्नुस

प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव जित्ने हो भने एमालेसँग सहकार्यमा आउन माओवादी केन्द्रलाई आग्रह गरेका छन् । उनले कांग्रेसको सति गएर माओवादीले कहिल्यै चुनाव जित्न नसक्ने समेत बताएका छन ।

वैदेशिक रोजगार व्यसायी संघको नवनिवार्चित कार्य समितिका पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै ओलीले अब नेपालमा लोकतन्त्रको नेतृत्व बामपन्थी आन्दोलनले मात्र गर्न सक्ने बताएका छन । त्यसको नेतृत्व एमालेले गर्ने भन्दै ओलीले चुनाव जित्ने हो भने एमालेसँग सहकार्य गर्न माओवादीलाई आग्रह गरेका छन ।

बैदेशिक रोजगार व्यवसायी संघमा एमालेको नेतृत्वमा माओवादी सहितको बामपन्थी प्यानलले जितेको सन्दर्भमा ओलीले एमालेसँग सहकार्य गरेका ठाउँमा कोही पनि नहार्ने बताएका छन ।

ओलीले भने, ‘म एक–दुई दिनमै माओवादीका नेता साथीहरुलाई भन्नेवाला छु, आजको यथार्थ र भोलिको सम्भावना बताउनेवाला छु । सति गएर चुनाव जितिन्न । चुनाव जित्नुपर्छ भने एमालेसँग सहकार्य गर्नुस् भन्नेवावला छु साथीहरुलाई ।’

ओलीले कांग्रेसबाट लोकतन्त्रको रक्षा हुन नसक्ने दाबी गरे । स्वतन्त्र न्यायपालिका, जनताको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताविरुद्ध कांग्रेस खुलेआम बिदेशीको मतियार भएको भन्दै उनले लोकतन्त्रको रक्षा वामपन्थी आन्दोलनबाट मात्र सम्भव हुने बताए ।

ओलीले एमालेले जहाँ चुनाव लड्छ त्यहाँ जित्नै पर्ने बताएका छन । उनले वैदेशिक रोजगार संघमा ३ सदस्य कांग्रेसले जितेकोमा अशन्तुष्टि जनाए । ओलीले भने ‘३ सिट पनि अरुले जित्नुपर्ने कारण छैन । तपाईहरु अब राम्रो काम गरेर अर्को पटक भरसक उनीहरुले उम्मेदवार नै नपाउने अवस्था सिर्जना गर्नुस् ।’ उनले भने, ‘मैले भन्ने गरेको छु, २०७४ साल, एमालेमय नेपाल ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्