सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मुटुमा समस्या आएपछी ज्ञानेन्द्र शाह अस्पताल भर्ना

नियमित स्वास्थ्य परिक्षणका क्रममा मुटुमा समस्या आएको देखिएपछि पूर्व राजा ज्ञानेन्द्र शाह उपचारका लागि नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

पुर्वराजा शाह बुधबार विहान भर्ना भएका हुन् । पारिवारिक स्रोतका अनुसार नियमित चेकजाँचका क्रममा मुटुको धमनीमा केही अवरोध देखिएपछि उनलाई भर्ना गरिएको हो।

शाहको सुरुमा एनजीओग्राफी गर्ने र आवश्यक परे एनजीओप्लाष्टी गर्ने तयारी अस्पतालले गरेको छ ।

चिकित्सकले भनेका छन-‘धेरै सिरियस होइन । नियमित चेकजााँच गर्नेे क्रममा मुटुका केही धमनिहरुमा केही अवरोध देखिएको छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्