सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मधेशी नेतालाई सुझाव–‘उठ्नेबित्तिकै ऐनामा अनुहार हेर्नुस्’

राजनीतिक विश्लेषक सीके लालले तेस्रो मधेस आन्दोलन असफल भएपछि मधेसी नेताहरुसँगै जनता पनि हतासमा रहेको बताएका छन् । उनले मधेस केन्द्रीय दलका नेताहरुलाई आफ्नो अनुहार ऐनामा हेर्न सुझाव समेत दिएका छन ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा विश्लेषक सिकेलालले तेस्रो मधेस आन्दोलन असफल भएको पनि बताएका छन । पहिलो मधेस विद्रोहबाट नयाँ नेतृत्व अगाडि आउने आश गरिएको थियो भन्दै उनले भने, तर, दुर्भाग्य हुन सकेन । दोस्रो मधेस विद्रोहको हाल पनि त्यस्तै रहृयो ।’

तेस्रो मधेस आन्दोलनमा मधेस, माग गर्नेबाट अघि बढेर दाबी गर्ने अवस्थामा पुगेको उनको विश्लेषण छ । उनले अघि भने, ‘यसले सत्तालाई एक ठाउँमा ल्यायो र मधेस विद्रोह असफल भयो । यही कारण मधेसमा हतासको स्थितिमा छ ।’

उनले अघि भने, हृदयेशजी त दाह्री पाल्नुहुन्छ तर, धेरैले त सेभ गर्नुहुन्छ । बिहानै ऐनामा आफ्नो अनुहार हेर्नुस, तपाई थाहा हुन्छ कि मधेस किन हतास छ ?’

मानिसले ४० वर्षसम्म क्रान्ति गर्न सक्ने र त्यसपछि सम्झौतावादी हुने सिकेलालको विश्लेषण छ । मधेसको नेतृत्वले अहिलेसम्म समानुपातिक समावेशी लगायत गजेन्द्रनारायण सिंहले उठाएका भूतकालको एजेण्डा लिएर लडेको उनले बताए ।

राजनीतिक विश्लेषक सिकेलालले अघि भने, ‘जनताका लागि कुनै पनि अवस्थाबाट बच्न मुस्किल छैन । राणाकालमा पनि मधेसीहरु नेपालमै थिए, केही जमिन्दार पनि बने । पञ्चायतमा पनि रहे । बहुदलीय व्यवस्थामा पनि केही मधेसीले राम्रो गरेका छन् । केही मधेसी राष्ट्रपति पनि बने । जनताले त कुनै न कुनै बाटो खोज्छन् । जिम्मेवारी नेतृत्व हुन्छ कि त्यो बाटो भूतकाल र वर्तमानको मात्र नहोस, भविश्यको दिसाको होस् ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्