सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बाकसमा फर्कीए १२ जना, देश शोकमग्न

अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम बिस्फोटमा परी ज्यान गुमाएका १२ नेपालीको शव बुधबार दिउँसो काठमाडौं ल्याइर्पुयाईएको छ । तीन दिन अघि गत सोमबार बिहान तालिबानीको आक्रमणमा मारीएका उनीहरुको शब नेपाल एयरलाईन्सको जहाज मार्फत बाकसमा हालेर नेपाल ल्याईएको हो ।

ज्यान गुमाउने सबै बैदेशीक रोजगारीको शिलशिलामा अफगानिस्तान पुगेका थिए । मृतक सबै सेक्युरीटी कम्पनी मार्फत क्यानेडियन दुतावासको सुरक्षार्थ खटिँदै आएका थिए । सोमबार पनि दुताबासकै सुरक्षाका लागी ड्युटी जाने क्रममा मृतकहरु चढेको गाडीमा आत्मघाती बिस्फोट हुँदा उनीहरुको ज्यान गएको थियो ।

Death body bring from kabul

बम आक्रमणमा काठमाडौंका हरिबहादुर बरूवाल क्षेत्री, विदुरबहादुर सुवेदी क्षेत्री र चन्द्रबहादुर राना मगर, नुवाकोटका डम्बरबहादुर तामाङ, मधुसुदन कोइराला र लिलबहादुर गुरुङ, लमजुङका अमृतबहादुर थापा, चितवनका कृष्णबहादुर ढुंगाना, स्याङ्जाका सुकबहादुर गुरुङ, रुपन्देहीका जितेन्द्र सिंह थापा, पर्वतका नविनबहादुर क्षेत्री र सुनसरीका अकुर तामाङको मृत्यु भएको थियो । मृतकहरु सबैको शब त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाटै परिवारको जिम्मा लगाएको छ ।

परिवारलाई सुख दिन र आर्थीक हैसीयत केही सुधारौँला भन्ने सुनौला सपना बोकी परदेशी बनेका उनीहरु लास बनेर बाकसमा फर्किँदा बिमानस्थलमा परिवार र आफन्त भावविहृवल बनेका थिए । मृतकको शब कफनमा राखीएको थियो । बाकसमा टाँसीएको तस्वीर सुमसुम्याउँदै आफन्तले गरेको रुवावासीले सारा नेपालीलाई भावविहृवल बनाएको थियो ।

मृतकहरुको शब बुझ्न ज्यान गुमाएकाहरुका पत्नी, छोराछोरी तथा आफन्त बिमानस्थलमा पुगेका थिए । मृतक जितेन्द्रसिंह कार्कीको शब बुझ्न उनकी पत्नी सञ्चिता लामा चार महिने छोरा काखमा बोकेर विमानस्थल पुगेकी थिइन् ।

Sanchita Thapa

पहिला तीन वर्ष अफगानिस्तान बसेर फर्केका जितेन्द्रसिंहले कमाइ राम्रो हुने र ब्रिटिश कम्पनीमा सुरक्षा चुनौती नरहेको भनेर आश्वस्त पार्दै सुत्केरी सञ्चितालाई छोडेर दोस्रो पटक अफगान गएका थिए । घटनाको अघिल्लो दिन मात्रै सञ्जितासँग कुरा भएको थियो । भोलि कुरा गरौंला भनेर फोन राखेका जितेन्द्रसिंह सँधैका लागी कुरा गर्न नसक्ने गरी बाकसमा फर्किएको दृश्य निकै भावुक थियो ।

Gangakumari Rana Magar

बम आक्रमणमा परी घाइते भएका ७ जनालाई उपचारका लागि भारतको नयाँदिल्ली लगिएको छ । काबुलस्थित साब्रे इन्टरनेसनल नामक ब्रिटिश कम्पनीमा सुरक्षा गार्डका रुपमा कार्यरत नेपालीहरु कम्पनीबाट मिनीबसमा दूतावास जाने क्रममा जलालावाद रोडमा आतंककारीहरुको निशानामा परेका थिए । सोही कम्पनीमा कार्यरत २४ जनालाई पनि उद्धार गरी नेपाल ल्याइएको छ ।

Kabul-attack-Nepalese-Deadbody-Kp Oli

आक्रमणमा परी ज्यान गुमाएकाहरुलाई श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री केपी शर्मा वली, परराष्ट्रमन्त्री कमल थापा, गृहमन्त्री शक्ति बस्नेत लगायत बिशिष्ट व्यक्तिहरु बिमानस्थल पुगेका थिए । कायरतापुर्ण घटना भन्दै प्रधानमन्त्री ओलीले तालिवानको नेपालीसँग कुनै साइनो र द्वेष नरहेको भन्दै निर्दोष नेपाली मारिएको अभिव्यक्ति दिएका छन् । बाँकी सरकारी धारणा निर्णय गरेपछी आउने बताईएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्