सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सेती नदिको भुमरीमा भेटियो महिला र पुरुषको शब

तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ४ स्थित सेती नदीको भूमरीमा दुईवटा शव फेला परेको छ । सेती नदीको भुमरीमा देखिएको शव मध्ये एउटा महिला र अर्को एउटा पुरुषको रहेको छ ।

“शव खोच र भूमरीमा रहेको हुँदा निकाल्नका लागि निकै कठिन भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख राजेन्द्र अधिकारिले बताएका छन ।

भूमरीमा भेटिएको शब ढोरबाहारी मन्दिर जाने काठे पुल भन्दा १०० मिटर तल रहेको प्रहरी जनाएको छ ।

स्थानीय बासिन्दाका अनुसार आइतबार साँझ देखि भूमरीमा शव घुमेको देखिएको थियो ।

भूमरीमा देखिएको शव गत सोमबार पोखरा लेखनाथ महानगरपालिकाको पशुपति घाटबाट हराएका मजदुरको भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

उक्त घाटबाट तीनजना वेपत्ता भएकामा केही दिन अगाडि तनहुँको ऋषिङ गाउँपालिकामा एकजना महिलाको शव फेला परेको थियो ।

किरण श्रेष्ठ, तनहुँ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्