सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

गठन भयो राप्ति समाज जापानको नयाँ समिति

राप्ती समाज जापानको पहिलो अधिबेशनबाट रुकुमका विश्वेश्वर रेग्मीको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । टोकियोमा सम्पन्न अधिबेशनले पदमप्रसाद भट्टराइको अध्यक्षतामा ५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ ।

अधिवेशनमार्फत राजन केसी, रवि पुन र विकास ओली उपाध्यक्षमा चयन भएका छन । त्यसैगरी अशोक पुरी महासचिवमा चयन भएका छन भने सचिवमा शरद पोख्रेल, कोषाध्यक्षमा युवराज रेग्मी र सहकोषाध्यक्षमा ज्ञानकुमारी घर्ती चयन भएका छन ।

समाजको प्रवक्तामा नारायणप्रसाद गैरे चयन भएका छन् । अधिबेशनले मनराज विश्वकर्मा, राजेन्द्र केसी, केशव भण्डारी, तुल्सी बाँठामगर, पञ्चवीर चौधरी, शिवराज भट्टराई, सागर पुन, हरिलाल पुनलाई सदस्यमा चयन गरेको छ ।

त्यस्तै प्रकाश वली, ठगेन्द्रप्रकाश वली, रुपान्तर घर्ती, प्रेमप्रकाश रोकामगर, बसन्ती घर्तीमगर, रुपलाल मगर, भीम बुढाथोकी, टेकेन्द्रविक्रम शाह पनि सदस्यमा चयन भएका छन् ।

दुईजना सदस्य पछि थप गरिने सदस्य सागर पुनले जानकारी दिएका छन । अधिबेशनले डा. नेत्रप्रकाश भण्डारी, अर्जुन केसी, एकता केसी, आकाश प्रधानलाई सल्लाहकारमा चयन गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्