सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सरकारमा जान नपाएपछी किन रिसायो राप्रपा ?

आफ्नो सरकारलाई सरकारमा सहभागी नगराई मन्त्रिपरिषद विस्तार गरेपछी कमल थापा अध्यक्ष रहेको राप्रपा प्रधानमन्त्री शेरबहादुर देउवासँग रिसाएको छ । प्रधानमन्त्री निर्वाचनमा देउवालाई सघाएको राप्रपालाई मन्त्रिपरिषद विस्तारमा बेवास्ता गरेको भन्दै राप्रपा रुष्ट बनेको हो ।

सरकारमा जान ईच्छुक रहेको राप्रपालाई दोस्रो पटक मन्त्रिपरिषद विस्तार गर्दा पनि बेवास्ता गरेको भन्दै राप्रपा रुष्ट बनेको हो । सरकार विस्तारमा बेवास्ता गरेको भन्दै राप्रपाले सरकार गठन लगायतका विषयमा वार्ता गर्न गठन गरेको वार्ता समिति भंग गरेको घोषणा गरेको छ ।

राप्रपाले सरकार गठन लगायतका विषयमा वार्ता गर्न महामन्त्री जयन्त चन्दको नेतृत्वमा कुन्ती शाही र दिलनाथ गिरी सदस्य रहेको वार्ता समिति बनाएको थियो । राप्रपाका नेता विशेश्वर शर्मा सुवेदीले आजैका मितिदेखि जयन्त चन्द नेतृत्वको वार्ता समिति भंग गरिएको जानकारी दिएका छन ।

नेता दीलनाथ गिरीले पार्टीले दीर्घकालसम्म विभिन्न मुद्दाहरुमा सहकार्य गरेर अघि बढ्ने उद्देश्यका साथ सरकारमा जान चाहेको भएपनि सत्तारुढ दलको वेवास्ताका कारण अब त्यो सम्भावना टरेको बताएका छन ।

राप्रपाले संसदमा विचाराधीन संविधान संशोधन प्रस्तावको पक्षमा नरहने संकेत समेत गरेको छ । गिरीले भने–‘उहाँहरुलाई हाम्रो आवश्यकता रहेन भने हामीले पनि पूर्ववत् निर्णयलाई पुनः सोच्नुुपर्ने हुन्छ ।’ यसअघि राप्रपाले संशोधन प्रस्तावको समर्थनमा केन्द्रीय समिति बैठकबाटै निर्णय गरेको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्