सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

विल गेट्सलाई पछार्दै बेजोस बने विश्वकै धनी

विश्वकै धनी व्यक्तिको सूचीमा एक नम्बरमा रहँदै आएका बिल गेट्सलाई अमेजन इंकका जेफ बेजोसले पछाडि पारेका छन् ।

बिहीबार विश्वकै ठूलो अनलाइन रिटेलर कम्पनी अमेजनको सेयरमा भएको भारी वृद्धिसँगै कम्पनीका कोफाउन्डर जोसेफ विश्वकै धनी व्यक्ति बनेका हुन् ।

माइक्रोसफ्ट कम्पनीका बिल गेट्स अब दोस्रो स्थानमा पुगेका छन् । ब्लुमबर्ग बिलेनियरको रिपोर्टअनुसार गत मंगलबार अमेजनको सेयर १.३ प्रतिशतले बढेको थियो ।

योसँगै बेजोसको कुल सम्पत्ति ९०.९ अर्ब डलर पुगेको छ । त्यहीँ बिल गेट्सको कुल सम्पत्ति ९०.७ अर्ब डलर रहेको थियो । गेट्स सन् २०१३ देखि लगातार विश्वका धनी सूचीमा एक नम्बरमा थिए ।

चार वर्षपछि उनलाई बेजोसले पछाडि पार्न सफल भएका हुन । सन् २०१७ को सुरुवातमा बेजोस विश्वका चौथा धनी व्यक्ति थिए ।

अहिले उनले वारेन बफेट र अमान्सियो आर्टिगोलाई पनि पछि पार्दै ठूलो छलाङ मार्न सफल भएका छन ।

रिपोर्टका अनुसार हाल विश्वकै धनी ५ व्यक्तिको सुची यस्तो छः

१. जेफ बेजोसः ९०.९ अर्ब डलर
२. बिल गेट्सः ९०.७ अर्ब डलर
३. अमान्सियो आर्टिगोः ८२.७ अर्ब डलर
४. वारेन बफेटः ७४.५ अर्ब डलर
५. मार्क जुकरवर्गः ७०.५ अर्ब डलर

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS