सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

शिक्षिकाले प्लेनमा विद्यार्थीसँग यौनसम्बन्ध राखेपछी

विमानको शौचालय भित्र विद्यार्थीसँग शिक्षिकले यौन सम्बन्ध स्थापित गरेको घटना सार्वजनिक भएको छ । विद्यालयको भ्रमणबाट फर्किरहेका बेला शिक्षिका र विद्यार्थीबिच यौन सम्बन्ध भएको बताइएको छ ।

अब यी शिक्षिकामाथि विद्यालयले प्रतिबन्ध लगाएको छ । बेलायतको ब्रिस्टलमा २८ वर्षीया शिक्षिका एलिनोर विल्सन फिजिक्स पढाउने गर्थिन् । विल्सनले विमानभित्रै ती विद्यार्थीसँग रक्सी पिएकी थिइन् र शौचालयभित्र सेक्स गरेकी थिइन् ।

घटना त्यतिबेला सार्वजनिक भयो जब एक अन्य विद्यार्थीले यसबारे सुने र आफूसँग यौन सम्बन्ध नराखे यसबारे पर्दाफास गरिदिने धम्की दिए । यसमा विल्सनलाई दोषी देखाइयो र उनीमाथि विद्यालयमा पढाउनका लागि प्रतिबन्ध लगाइयो ।

उनीमाथि आफ्नो सम्बन्ध लुकाउन खोजेको पनि आरोप लागेको छ । शिक्षिकाको रुपमा विल्सनको व्यक्तित्व निकै राम्रो थियो । पढाइको विषयमा विद्यार्थी र अभिभावकबाट उनले प्रशंसा पाएकी थिइन् । यो घटना सन् २०१५ को जुलाईमा भएको थियो ।

यसबारे एक विद्यार्थीलाई थाहा थियो । यो विषयको अनुसन्धानपछि प्यानलले भन्यो, ‘फ्लाइटमा ट्रिपको क्रममा एक विद्यार्थीले शिक्षिका र एक विद्यार्थीबिच विमानको शौचालयमा यौनसम्बन्ध रहेको भनी प्रमाण पेश गरेका छन् । ती विद्यार्थीले उक्त घटना देख्दा आफूलाई असहज महसुस गरिरहेका थिए ।’

प्यानलका अनुसार ती विद्यार्थीले शिक्षिका विल्सन पूर्ण रुपमा नशामा रहेको प्रमाण दिएका थिए । यद्यपी, विल्सनले यी आरोप खारेज गरेका थिए ।

अनुसन्धान टोलीले आफ्नो रिपोर्टमा भनेको छ, ‘प्यानलले सबै प्रमाणको परिक्षण गरेको छ । जुन विद्यार्थीले प्रमाण पेश गरेका छन, त्यो विश्वसनीय छ ।’

यी दुबै बिचको सम्बन्ध थुप्रै महिनासम्म जारी रह्यो र ती शिक्षिकाले एसएमएसमार्फत स्कूल बाहिर भेट्ने योजना बनाउँथिन् । ती विद्यार्थीले शिक्षिकालाई प्रेम गर्न थालेको भन्ने अनुमान गरिन्छ ।

सन् २०१५ को सेप्टेम्बरमा विद्यालयका प्रधानाध्यापकलाई विल्सन सम्बन्धमा रहेको भन्ने थाहा पाएपछि उनले यसबारे कुरा गरेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्