अष्ट्रेलियामा नेपालीद्वारा आतंकवादी हमलाको धम्की
सामान्य चिनजानका आधारमा भेटन बोलाएकी अष्ट्रेलियन युवतीलाई फेसबकमा म्यासेज पठाउँदै ‘भेटन नआए सिड्नीको ओपेरा हाउसमा आइएस आइएसद्वारा आक्रमण गराउने’ धम्की दिने नेपाली बिद्धार्थी पक्राउ परेका छन ।
गएको फेब्रुवरी महिनाका अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीमा अध्ययनका लागि गएका काठमाडौका २० वर्षिय सन्देश बिकलाई सिड्नी प्रहरीले पक्राउ गरेको हो । आफ्नो कलेजमा भेटीएकी २१ वर्षिया युवतीलाइ इन्सटाग्राममार्फत सम्पर्क बढाउँदै लगेका बिकले फेसबुकमा समेत सम्पर्क गर्न खोजेका थिए ।
सामान्य परिचयपछि सिडनीको ओपेरा हाउसमा भिभिद उत्सवमा भेटन आउन आग्रह गर्दै निरन्तर म्यासेज पठाइरहेका बिकलाइ युवतीले भेटन इन्कार गरेको प्रहरीले बताएको छ । ‘भेटन नआए सिडनीको सोहि उत्सवका दिन आइएस आइएसद्वारा बम आक्रमण गराउने’ धम्की दिएको भन्दै युवतीले स्थानिय प्रहरीलाइ उजुरी गरेपछि उनलाइ पक्राउ गरिएको थियो ।
बिकले प्रहरी समक्ष आफुले यस्तो सन्देश पठाएको कबुल गर्दै ‘जोकको रुपमा मात्र यस्तो गरेको’ बताएका छन् । सिडनीको डाउनिङ सेन्ट्रल लोकल आदालतले बिकलाइ ६ महिनाको आचरण सुधार सर्तमा धरौटी सहित रिहा गरेको स्थानिय समाचार माध्यमहरुले जनाएका छन । बिकका वकिलले भने बिकको आइएस आइएसँग कुनै सम्वन्ध नरहेको बताएका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्