सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भरतपुरको पछिल्लो मतपरिणाम, देवी ५१२ ले अगाडी

भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार कांग्रेस–माओवादी गठबन्धनकी मेयर उम्मेद्वार रेणु दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीसँगको मतान्तर घटाएकी छिन ।

शुक्रबार पुनः निर्वाचन गरिएको वडा नं. १९ को १६०० मत गनिसक्दा रेणु दाहालले देवी ज्ञवालीसँगको मतान्तर ५ सय १२ मा झारेकी छिन ।

अहिले सम्मको मतपरिणाम अनुसार एमालेका देवी ज्ञवालीले ४१ हजार ५ सय ४३ मत प्राप्त गरेका छन् भने रेणु दाहालले ४१ हजार ३१ मत पाएकी छन् ।

भरतपुरमा शुक्रवार रातीबाट चार समूहमा बाँडेर मतगणना भइरहेको छ । शुक्रबार मतदान भएको भरतपुर १९ मा ३ हजार ७ सय ९७ मतदाता मध्ये २ हजार ८ सय ७० मत खसेको छ ।

यसपाली पहिलो चरणको निर्वाचनमा भन्दा २७ मत कम खसेको हो । पहिलो चरणको निर्वाचनमा वडा नं. १९ मा २ हजार ८ सय ९७ मत खसेको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्