सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भाईबरमा नेपाली भाषाकै स्टिकर

प्रयोगकर्ता बढेसंगै भाइबरले नेपाली भाषामा आफ्नो पहिलो स्टिकर ल्याएको छ । नेपालमा टुबोर्गसँगको सहकार्यमा पहिलो स्थानीयकृत स्टिकर परियोजनाको सफलतापछि नेपाली भाषाको स्टिकर ल्याएको हो । यसमा प्रयोगकर्ताले म्यासेज मार्फत नेपाली भाषाको स्टिकर आदान प्रदान गर्न सक्नेछन् ।

विश्वको चर्चित म्यासेजिङ एप भाइवरका विश्वभरी ७ करोड भन्दा बढी प्रयोगकर्ता रहेकोमा नेपालमा मात्रै ४५ लाख सूचिकृत प्रयोगकर्ता पुगेका छन् । दुई वर्षभन्दा कम समयमै प्रयोगकर्ता दुई सय प्रतिशतले बढेर ४५ लाख पुगेको कम्पनीले जनाएको छ ।

Viber sticker in Nepali

पछील्लो समय भाइबरले नेपालमा आफ्नो बजार विस्तारको योजनालाई प्राथमिकतामा राख्दै आएको छ । भाईवरका दक्षिण एशिया प्रमुख अनुभव नायरका अनुसार भाइवर निकट भविष्यमै नेपालमा वृहत डिजिटल सञ्चार एप्सको रुपमा स्थापित हुने छ ।

नेपाली ग्राहकको रुचीलाई ध्यानमा राख्दै यहाँका विभिन्न कम्पनीसँग सहकार्य गर्दै केही महिनामा नै नेपालभर अन्य सेवा विस्तार गर्ने योजना बनाएको नायरले जानकारी दिनुभएको छ । नायरले भन्नुभयो–‘कम्पनीका लागि नेपाल एक प्राथमिक बजार भएकाले भविष्यमा थप लगानी गर्ने र नयाँ अफर ल्याउने योजना तर्फ केन्द्रीत रहेका छौँ ।’

भाईवरले नेपालमा हालै पब्लिक च्याट सेवा सुरु गरेको थियो । भाईवरको पब्लिक च्याटले नेपालमा सफलता प्राप्त गर्दै गएको कम्पनीले जनाएको छ । अब नेपाली प्रयोगकर्ताले नेपाली भाषाकै स्टिकरमा आफ्ना भावना व्यक्त गर्न सक्नेछन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्